१९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीको प्रशिक्षण सुरु

काठमाडौँ - मलेसियामा हुने १९ वर्षमुनिको महिला विश्वकपको तयारीका लागि नेपाली खेलाडीले प्रशिक्षण सुरु गरेका छन् ।
चितवनको भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको नमुना खेल मैदानमा बुधबारबाट प्रशिक्षण सुरु भएको हो । बन्द प्रशिक्षणमा खेलाडीसहित २३ जना सहभागी छन् । बन्द प्रशिक्षण यही पुस २२ गते सम्म चल्नेछ । बन्द प्रशिक्षण सकिएलगत्तै आउँदो जनवरीमा हुने प्रतियोगिताका लागि नेपाली टोली मलेसिया प्रस्थान गर्ने प्रशिक्षक महेश प्रसाद रिजालले जानकारी दिए ।
अण्डर १९ महिला क्रिकेट टिमका कप्तान पुजा महतोले चितवनको खेल मैदान राम्रो भएको र आफूहरूलाई चितवनमा अभ्यास गर्न पाउँदा खुशी लागेको बताउँदै अभ्यासको क्रममा आफूहरूमा रहेको कमजोर पक्षलाई सुधार गर्ने बताइन् ।
अभ्यासका लागि चितवन पुगेका खेलाडीहरूलाई भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारीले स्वागत गरेका थिए । भरतपुर महानगर पालिकाकी मेयर रेनु दाहालले चितवनमा बन्दै गरेको रंगशालाको नमुना मैदानमा हुने अभ्यासले रंगशाला निर्माणमा दबाब पर्ने बताइन् ।
भरतपुर महानगर पालिकाका उपमेयर चित्रसेन अधिकारीले विश्व कप खेलको लागि चितवनलाई छनौट गरेकोमा क्यानलाई धन्यवाद दिँदै विश्व कप प्रतियोगितामा विजयको लागि अग्रिम शुभकामना दिए । अभ्यास खेलमा आएका खेलाडीहरू लाई महानगरको तर्फ बाट सहयोग गर्ने उनले बताइन् ।।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया