चीनद्वारा इयुको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँच विस्तार

चीन - चीनले बुधवार युरोपेली संघ (इयु) बाट आयात गरिएको ब्रान्डीमाथिको एन्टी–डम्पिङ जाँचलाई ‘मामिलाको जटिलता’ का कारण विस्तार गर्ने बताएको छ । यसले बेइजिङ र ब्रसेल्सबीचको व्यापारिक गतिरोधलाई लम्ब्याएको छ ।
इयुले चिनियाँ विद्युतीय सवारी अनुदानको अनुसन्धान गरेपछि जनवरीमा चीनले केही इयु ब्रान्डी आयातमाथि अनुसन्धान सुरु गरेको थियो ।
बेइजिङले सुरुमा ब्रान्डी अनुसन्धान जनवरीमा समाप्त हुने बताएको थियो तर वाणिज्य मन्त्रालयले अब यो अप्रिल ५ सम्म चल्ने बताएको छ ।
मन्त्रालयले थोरै विवरण दिएको छ तर ‘यस मामिलाको जटिलता’ लाई ध्यानमा राख्दै ‘अनुसन्धान अवधि’ लम्ब्याइएको बताएको छ ।
चीनले नोभेम्बरमा घरेलु उद्योगमा ‘पर्याप्त क्षति’ हुने खतरा रहेको भन्दै गत महिना अस्थायी शुल्कको घोषणा गरेपछि इयुबाट आयात हुने ब्रान्डीमा ‘अस्थायी एन्टि–डम्पिङ उपायहरू’ लागु गर्ने बताएको थियो ।
इयुले विश्व व्यापार सङ्गठनमा यी उपायहरूलाई औपचारिक रूपमा चुनौती दिएको छ ।
इयुले चिनियाँ निर्मित विद्युतीय सवारी साधनमा अतिरिक्त आयात शुल्क लगाएपछि बेइजिङको यो कदम ब्रसेल्सविरुद्धको जवाफी कारबाही जस्तो देखिन्छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया