जापानमा आगलागी, दर्जनौँ कुकुर मरे

जापान - जापानको उत्तरी टापु होक्काइडोको प्रजनन केन्द्रमा बुधबार बिहान आगलागी हुँदा दर्जनौँ कुकुर मरेको एक अधिकारीले बताएका छन् ।
मध्यरातमा सुरु भएको आगो निभाउन दमकलकर्मीहरूलाई करिब चार घन्टा लागेको थियो । आगलागीबाट विभिन्न जातका ३४ साना कुकुरको मृत्यु भएको होक्काइडोको चिटोज शहरका फायर स्टेसन अधिकारीले बताए ।
अधिकारी र स्थानीय सञ्चारमाध्यमका अनुसार डाक्सहुन्ड र पुडल सहित ७० देखि ८० कुकुर त्यस सुविधामा राखिएका थिए ।
होक्काइडो कल्चरल ब्रोडकास्टिङको रिपोर्ट अनुसार कारण अज्ञात रहे पनि प्रजनक (ब्रिडर) ले मङ्गलबार राति कुकुर खोरको स्टोभमा ‘केही दाउरा थपेको’ अनुसन्धानकर्ताहरूलाई बताए ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया