सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति राष्ट्रसंघका महासचिवको चिन्ता

काठमाडौँ - संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले मङ्गलबार सुडानमा बढ्दो खाद्य असुरक्षाप्रति चिन्ता व्यक्त गर्दै द्वन्द्वका बीच धेरै क्षेत्रमा अनिकाल अवस्थाको चेतावनी दिएका छन् ।
एकीकृत खाद्य सुरक्षा चरण वर्गीकरण (आईपीसी) प्रवक्ता स्टेफनी ट्रेम्बलेले भने,“सुडानमा द्रुत रूपमा बिग्रँदै गएको खाद्य सुरक्षा अवस्थाबाट महासचिव चिन्तित हुनुहुन्छ । खाद्यान्न र पोषणमा पहुँच देशभरि लाखौं मानिसहरूको लागि बिग्रँदै गएको छ ।”
“आईपीसीको भोकमरी समीक्षा समितिको पछिल्लो प्रतिवेदनले सुडानमा कम्तिमा पाँच स्थानमा अनिकालको अवस्था रहेको देखाएको छ । उत्तरी डार्फर र दक्षिण कोर्डोफानको पश्चिमी नुबा पर्वतमा रहेका विस्थापन शिविरहरूलाई जोखिममा रहेको देखाएको छ ।”
सुडानमा २४ लाख भन्दा बढी मानिसहरू द्वन्द्वको साथसाथै तीव्र खाद्य असुरक्षाको सामना गरिरहेका छन् ।
गुटेरेसले छिटो, सुरक्षित, निर्बाध र दिगो पहुँचको सुविधा दिनको लागि आफ्नो आह्वानलाई दोहोर्याए ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया