टर्कीएमा बस दुर्घटना हुँदा २६ विद्यार्थी घाइते

टर्कीए - उत्तरपश्चिम टर्कीएमा बुधबार बिहान भएको सवारी दुर्घटनामा कम्तीमा २६ विद्यार्थी घाइते भएका छन् । यसमध्ये आठ जनाको अवस्था गम्भीर रहेको राष्ट्रिय सार्वजनिक प्रसारक टीआरटीले जनाएको छ ।
बालिकेसिर प्रान्तको मर्केज पामुक्कु क्षेत्रमा २९ जना यात्रु बोकेको स्कूल बस ट्रकसँग ठोक्किएर पल्टिँदा दुर्घटना भएको हो ।
बालिकेसिरका गभर्नर इस्माइल उस्ताओग्लुले भने,“सबै विद्यार्थीहरूलाई अस्पतालमा स्थानान्तरण गरिएको छ । थप अपडेटहरू उपलब्ध गराइनेछ ।”
एम्बुलेन्स, जेंडरमेरी, प्रहरी र दमकल सहित आपतकालीन सेवाहरू घटनास्थलमा पठाइएको छ ।

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

संयुक्त राष्ट्रसङ्घले बेलायतलाई ‘प्यालेस्टाइन एक्सन’ माथिको प्रतिबन्ध पुनर्विचार ग…

इन्डोनेसियामा पछिल्ला बीस वर्षयताकै सबैभन्दा कम गरिबी दर

अमेरिकामा तलब वृद्धिको लाभ उच्च–आय वर्गमा सीमित : अध्ययन

फ्रान्सले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिने राष्ट्रपति म्याक्रोको घोषणा

हमासद्वारा युद्धविराम प्रस्तावको जवाफपछि इजरायली वार्ताकारलाई फिर्ता बोलाइयो

प्रतिक्रिया