संसद्का चार समितिको बैठक बस्दै

काठमाडौँ- संघीय संसद्का चार वटा समितिका बैठक बस्दैछ ।
संघीय संसद् सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारमा बस्नेछ ।
जसअनुसार अर्थ समितिको बैठकमा सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० को मस्यौदा प्रतिवेदन उपर छलफल हुने सचिवालयले जनाएको छ । सो बैठक बिहान ११:०० बजे बोलाइएको छ ।
राज्य व्यवस्था तथा सुशासन समितिको समितिको बैठक भने दिउँसो १:०० बजे बोलाइएको छ । जुन बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा मुख्य र प्रमुख सचेतक, सचेतकहरू छलफल गरिनेछ ।
उता पूर्वाधार विकास समितिको बैठकमा पुरानै अजेन्डा विद्युत विधेयक, २०८० माथि संशोधनकर्ता सांसदहरूसँग छलफल हुनेछ, जुन बैठक बिहान ११:०० बजेबाट सुरु हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा पुरानै बिषय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सबन्धि छलफलले निरन्तरता पाउनेछ । जुन बैठक दिउँसो १:०० बजे बोलाइएको संसद् सचिवालयले जनाएको छ ।

संसद र सांसदहरू अन्तरराष्ट्रिय सहकार्यलाई सुदृढ पार्ने साधन पनि हो : सुभामुख …

चालु आवमा १२१ नयाँ कानुन बनाउने सरकारको लक्ष्य

गिरीबन्धु टी–इस्टेटको जग्गा चिया बगानबाहेकका रुपमा प्रयोग गरे स्वतः सरकारको …

संसदमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकका मुद्दाले स्थान पाउनुपर्छः सभापति सुवेदी

अर्थ मन्त्रालयको अनुमति लिएरै युएसएडसँग सहकार्य गरेका हौँः वित्त आयोग

सभामुख घिमिरे जेनेभा जाँदै, दुईवटा सेशनमा सम्बोधन गर्ने

छानबिन समितिको म्याद एक हप्ता थप

प्रतिक्रिया