शुक्रबारदेखि वर्षा हुने, आज यस्तो हुनेछ मौसम

काठमाडौँ- हाल देशमा पश्चिमी वायु साथै पश्चिमी न्यून चापिय प्रणालीको पनि प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको मधेश प्रदेश, लुम्बिनी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा साधारणतया बदली रही देशका बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । बिहानको समयमा तराई तथा उपत्यकाका एक/दुई स्थानमा हुस्सु र कुहिरोको लागेको छ।
दिउँसो हिमाली र पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहनेछ । तराई क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
राती भने हिमाली क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहने छ । पहाडी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतया सफा रहने सम्भावना रहेको छ । तराई क्षेत्रमा मुख्यतया सफा रहने सम्भावना रहेको छ ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका एक दुइ स्थानमा हल्का हिमपातको सम्भावना रहेको साथै बिहानको समयमा तराई तथा उपत्यका केही स्थानहरूमा हुस्सु र कुहिरोको सम्भावना रहेकोले दैनिक जनजीवन,स्वास्थय,यातायात तथा हवाई उड्डयनमा क्षणिक र आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षा हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तारकेश्वरको टुसालचौर खेल मैदानमा मृतावस्थामा महिला फेला
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_ODOvg1e8jM_rfkllyayfksaulngdtpsa4l6l1sgljgujkwx4aojt0srbixexvruxpue37g3.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

प्रतिक्रिया