बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन मन्त्रीको सुझाव

काठमाडौँ - युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बालबालिकाहरूलाई सानैदेखि खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा मन्त्री चौधरीले अहिले बालबालिकाहरूमा मोबाइल धेरै हेर्ने समस्या देखिएकाले केही समय खेलकुद क्षेत्रमा लगाउन सुझाव दिएका हुन् ।
उनले बालबालिकाहरू खेलकुद लगायत रचनात्मक क्षेत्रमा लगाउन सके बढ्ने र अन्य गतिविधिमा पनि रुची बढ्ने जिकिर गरे ।
मन्त्री चौधरीले बालबालिकाहरूको रुची अनुसारको काम गर्न अभिभावकले प्रेरित गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा मन्त्री चौधरीले राष्ट्रिय स्तरको ह्याण्डराइटिङ प्रतियोगीतामा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेका थिए ।

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

नेपालको विजयी सुरुवात, भुटान ६-१ गोल अन्तरले पराजित

डेविस कपमा नेपालले भाग लिने

खेलाडी र प्रशिक्षक सम्मानित

पिएसजीलाई सफलतामाथि सफलता, रियललाई ४ गोल हान्दै पुग्यो क्लब विश्वकपको फाइनलमा

प्रतिक्रिया