तीन विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

अर्घाखाँची- अर्घाखाँचीको मालारानी गाउँपालिका–४ मा सामुदायिक विद्यालयमा अध्ययनरत तीन सय २० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ । चिसोको समयमा न्यानो कपडा पाएपछि विद्यार्थी खुसी भएका छन् ।
मालारानी –४ का तीन विद्यालयमा अध्ययनरत विद्यार्थी र अध्यापनरत शिक्षकलाई न्यानो पोशाक वितरण गरिएको हो । मालारानी गाउँपालिकाका अध्यक्ष दलबहादुर भट्टराईले न्यानो ट्र्याकसुट सेट वितरण गरेका हुन् । किरण माध्यमिक विद्यालय निन्युखर्कका दुई सय ५० विद्यार्थी, १७ शिक्षक, जाँलकाँडा आधारभूत विद्यालय थामका ५० विद्यार्थी, सात शिक्षक र सार्वजनिक आधारभूत विद्यालय ब्याडपाटाका २० विद्यार्थीलाई न्यानो पोशाक प्रदान गरिएको थियो ।
किरण मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्णप्रसाद खनालले विद्यार्थीहरुलाई न्यानो पोशाक सरकारले दिनुपर्ने बताए । कार्यक्रममा जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक सङ्घ, शिक्षक विद्यार्थीलगायतको उपस्थिति थियो ।-रासस
_WbwxcTG7Hu_sdgq7hooprt45mjpdvx2rgh9rk9plpx5itffppxaextptl4zudxpmgbjo6im_0UYL4Lfjv0_oiuj1rytvxgpkfkdukj88zsgpph6yjp5w6ezwqqhcofqu0ladxx7t6avsq1q.jpg)
पशुपतिनाथको चारै ढोका खुला, भक्तजनको घुइँचो (फोटो फिचर)

वर्षातमा पनि आगलागीका घटना

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

लागुऔषधविरुद्ध अभियानः झापामा ५५९ जना पक्राउ

मधेशका डिआईजी चतुर्वेदीद्वारा शान्ति सुरक्षा तथा अनुशासनमा कडाइ गर्ने निर्देशन

बाँसका सामग्री निर्माण गर्दै मेचीनगरका महिला

सडक सुरक्षा तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

प्रतिक्रिया