‘ज्येष्ठ नागरिकको सामाजिक सुरक्षाको दायरा विस्तार गर्न सरकार प्रयासरत’

काठमाडौँ- महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ज्येष्ठ नागरिकले प्राप्त गर्ने सामाजिक सुरक्षाको दायरा विस्तार गर्न प्रयासरत रहेको बताएका छन् ।
चौथो राष्ट्रिय ज्येष्ठ नागरिक दिवस, २०८१ को अवसरमा आज यहाँ आयोजित कार्यक्रममा मन्त्री सुडीले ज्येष्ठ नागरिकमा रहेको सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रदेश एवं स्थानीयस्तरमा विभिन्न कार्यक्रम भइरहेको जानकारी दिए ।
“मुलुकको आर्थिक अवस्थासलाई ध्यानमा राख्दै उपलब्ध स्रोत र साधनलाई अधिकतम उपयोग गरी ज्येष्ठ नागरिकलाई सुखी, सम्मानित एवं सुरक्षित रहने वातावरण निर्माण गर्न विभिन्न कार्यक्रम कार्यान्वयन भइरहेका छन्”, उनले भने,“जुनसुकै उमेर समूहमा रहे पनि भविष्यमा सबै व्यक्ति ज्येष्ठ नागरिक हुनु नै छ । भविष्यको सुनिश्चितताका लागि हामीले ज्येष्ठ नागरिकको सम्मान र संरक्षणको संस्कृतिलाई थप सुदृढिकरण गर्नु आवश्यक छ ।”
संविधानमा व्यवस्था गरिएको ‘ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षा’को हक कार्यान्वयन गर्नु सबैको दायित्व भएको मन्त्री सुडीले उल्लेख गरे । यसका लागि सरकारले ज्येष्ठ नागरिकसम्बन्धी ऐन, नियमावलीलगायतका नीतिगत व्यवस्था गरेको उनको भनाइ थियो । मन्त्री सुडीले सरकारले विगत वर्षमै घोषणा गरेको ज्येष्ठ नागरिकसम्बन्धी राष्ट्रिय नीति तर्जुमा गर्ने कार्यलाई पूर्णता दिन मन्त्रालय प्रयासरत रहेको बताए ।
परिवारबाट स्याहार र संरक्षण प्राप्त गर्न नसकेका ज्येष्ठ नागरिकको स्याहारका लागि सरकारले स्वास्थ्य उपचारको सुविधासहित ज्येष्ठ नागरिक गृहको स्थापना, सात सय ५३ वटै स्थानीय तहको सहभागितामा ज्येष्ठ नागरिक मिलन केन्द्रलाई व्यवस्थित तथा विस्तार गर्न कार्यक्रम घोषणा गरी लागु गरिएको मन्त्री सुडीले बताए ।
ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता घोषणा गरेको दिनलाई राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको रुपमा मनाउने गरी ज्येष्ठ नागरिकसम्वन्धी ऐन, २०६३ बमोजिम महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको सिफारिसमा २०७८ जेठ १० गतेको मन्त्रिपरिषद् बैठकले त्यही वर्षदेखि ‘राष्ट्रिय ज्येष्ठ नागरिक दिवस’ मनाउने निर्णय गरेको हो । रासस

अत्यावश्यकबाहेक यात्रा नगर्नू, सुरक्षित स्थानमा बस्नू : प्रधानमन्त्री ओली

भौतिक पूर्वाधारमन्त्रीको एक वर्षः पुँजीगत खर्च छ वर्षयताकै बढी

‘नेपाल भित्रिने वस्तुमा ‘नेपाल गुणस्तर’ अनिवार्य बनाइनुपर्छ’

सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल, मन्त्री पाण्डेले औँल्याए सुरक्षित मार्ग…

नेपाली भुमी भारतको खिलाफमा प्रयाोग गर्न दिनुहुन्न: श्रम मन्त्री भण्डारी

स्वास्थ्य पौडेलको एक वर्षः स्वास्थ्यमा सकारात्मक सुधारको सुरुआत

श्रमिकको न्यूनतम पारिश्रमिक रु १९ हजार ५५०

प्रतिक्रिया