यार्सा-यात्रा : कर्णालीबासीको प्राण धान्ने बुटी (फोटो फिचर)

मुगु : कर्णालीको प्रमुख जडीबुटी हो, यार्सागुम्बा । जहाँ यार्सागुम्बा टिपेरै धेरैले अर्थोपार्जन गर्छन् । पर्याप्त खेतीपाती नहुने कर्णालीका हिमाली जिल्लामा एकपटक यार्सागुम्बा टिपेर वर्षभरी त्यसैलाई बेचेर अर्थोपार्जन गर्नेहरु पनि छन् ।
जसकारण उनीहरू ज्यानको बाजी थापेर यार्सागुम्बा टिप्न निस्कन्छन् । जेठ र असार महिना यार्सा टिप्ने उत्तम समय हो । जेठदेखि सुरु हुने यार्सा संकलन असार मसान्तसम्म चल्ने गरेको छ । कतिपयले भने साउन महिनासम्म पनि यार्सा संकलन गर्ने गर्छन् ।
तर उम्रिदो झार र वषाले गर्दा साउन महिनामा भने यार्सागुम्बा टिप्न मुश्किल हुन्छ । यार्सा टिप्न जाँदा सुन्दर हिमाल, हरियाली फाँट र मनै लोभ्याउने दृश्य समेत देखिन्छन् ।
यार्साचक्र
यार्सा संकलनका लागि कर्णालीका हिमाली जिल्लाबासीले ठूलो दुःख झेल्ने गरेका छन् । उनीहरू यार्सा टिप्न घरदेखि खाने, लाउने, ओढ्ने, ओछ्याउनेदेखि खाना पकाउने भाडासम्म बोक्ने गर्छन् ।
यार्सा हुम्ला, जुम्ला, डोल्पा, जुम्ला लगायतका जिल्लामा पाइन्छ । एक्लो जाँदा जंगली जनावरले आक्रमण गर्ने हुँदा हुल बाँधेर यार्सा टिप्न जान्छन् । यार्सा टिप्ने समूहमा धेरैजसो युवा र प्रौढ हुन्छन् । कतिपय महिलाहरू पनि जाने गर्छन् । तर महिलाको दाँजोमा पुरुषकै संख्या बढी हुन्छ ।
यार्सा टिप्ने जानेहरू कम्तीमा दुईदेखि तीन हप्तासम्म वनजंगलमै बस्छन् । कतिपय चाँहि एक हप्तामै फर्किन्छन् । कतिपय लेक लागेर यार्सा टिप्न गएकाहरूबीच बाटोबाटै फर्किन्छन् । दिनभरी यार्सा टिप्नेहरू बेलूकी घरबाट लिएको खानेकुरा पकाएर खाने गर्छन् । अनि सम्म ठाउँमा टेन्ट हालेर सुत्ने गर्छन् ।
वनजंगलमै रहेको दाउरा बाल्ने र ढुंगाको चुल्हो बनाएर उनीहरू खाने गर्छन् । कतिपयले चाँही घरबाटै लिएको सातु, चिउरा, खाजा खाएर पनि भोक टार्छन् । तर समूहमा गएकाले गर्दा उनीहरू खाना पकाएरै खाने गर्छन् ।
यार्सा टिप्न सजिलो हुँदैन । त्यो भन्दा बढी यो सजिलै देखिदैन । घोप्टो परी राम्ररी हेर्नुपर्छ । घाँसमा छोपिएको हुनाले राम्ररी घोप्टो परी खोजेपछि मात्रै यो भेटिन्छ । यसलाई सजिलै हातले टिप्न मिल्दैन । हातले टिप्दा यसको जरा भुईमै रहने गर्छ ।
सोही कारण सानो कुटोले खनेर यार्सा संकलन गरिन्छ । कतिपयले किलोका किलो पनि यार्सा संकलन गर्छन् । कतिपयले चाँही एक दुई वटा मात्रै यार्सा पनि भेट्छन् । यार्सा कति पाइन्छ ? भन्ने कुरा उनीहरुको खोजीमा भर पर्छ ।
यार्सा बेचेर हुम्ला, जुम्ला, कालिकोट र डोल्पाका मानिसहरुले लाखौँ कमाउँछन् । यार्सा बेच्न उनीहरू सुर्खेत, नेपालगञ्जदेखि काठमाडौँसमेत पुग्छन् । नेपालमा बिक्री हुने यार्सा बढीजसो विदेशमा पनि बेचिन्छ ।
यार्सा किन्ने बेच्ने वैधानिक प्रक्रिया छैन । सरकारले पनि निश्चित प्रक्रिया थालेर यार्सा संकलन गर्दैन् । यो अहिलेसम्म अवैध रुपमै बेचबिखन हुने गरेको छ । तर यसको संकलन र प्रशोधन राम्रोसँग गर्न सकेमा यार्सा बेचेरै कर्णालीको अर्थतन्त्र बलियो पार्न सकिने विज्ञहरू बताउँछन् ।

कारागाबारबाट निस्केर प्रसाईले भनेः म मेरो लागी होइन देशकै लागी थिएँ, छु र …

सैनिक प्रवक्ता बस्नेतलाई पितृ शोक
_AHpHtro2k4_xeauxx07pbk0e8balzmi6oe3c5hl4dryvkcufknegbndhuq4uj3fflcnf9ux_2XNMcYRQYI_x23nubq0g9v0hzxancj1tff3qyxpkz4fqqeypzaflhk7vyvyaxoopatiqqdd_LkAKgc76u2_b33rlmctzgzmg4dxe3cqxlevcoognplhyalk7to6glshwuh4uzg1mempvtx8.jpg)
पशुपति क्षेत्रका यज्ञले धार्मिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_AFNUDpsKj6_15if3eshn3xxhedwwlg1hta5ucdhylnbxyernldnltz7aqcrujv0uuzzmnww_A3DxqOYBXA_qydzohbuqx6qc3soelnfq5co1vrusc2sapiwh0wix5cuvjp9wu5xfatfdgue_rc0WBSrQ3y_bicqfkfdwtxyo171jxygaxdpb3agvkbbo5beapjhuxwgpi7boltnklxtt48i_KBqAHzumYr_bugauevmqxkps2npfc8nqhpwfag9j8yhyfieqfcbra38ilk0hsuaeztf4uk0_LzBVp1uRNc_y0gfidvev0ogaaklctwbfya2wxdxthsvcwslxpsxrrbfbrcuuwjei0f0y7sf_S23lRROGx6_rf8ps4icgym8zybnv16toukd6ofz89h6ykvgel4lxqwraxahhqigui6cnqix_kenoyA7bOi_prbmif8ymiscwtxh8i19vjw1t3nrixalo0ustydub9gsnroywsfj3ac8bq7y_BSDay1weVu_zjy6w5bspal3lwmnfqq84tvtqlssp9tcwjfx4tzuitljgkvpbwopfpv41gvq.jpg)
महाकालीमा पानीको प्रवाह घट्यो

ट्रकको ठक्करबाट एक वृद्धको मृत्यु, एक घाइते

भीमादमा व्यावसायिक अकबरे खुर्सानीखेती

भारतले धौलिगङ्गा बाँधको ढोका खोल्ने, महाकाली किनारका बासिन्दालाई सतर्क रहन आ…

प्रतिक्रिया