बागमती प्रदेश सरकारद्वारा चार सचिवको पदस्थापन

मकवानपुर - बागमती प्रदेश मन्त्रिपरिषद्को आज बसेको बैठकले सङ्घीय सरकारबाट सरुवा भइ आएका तीन र प्रदेशमा हालै बढुवा भएका एक सचिवको पदस्थापन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार सङ्घीय सरकारले सरुवा गरी पठाएका डा. सुमित्रा गौतम, वीरेन्द्रदेव भारती र रितेशकुमार शाक्यलाई पदस्थापन गर्ने निर्णय गरेको छ भने प्रदेश निजामती ऐन अनुसार ११ औं तहमा बढुवा हुनुभएका खुविराम अधिकारीलाई पदस्थापन गर्ने निर्णय गरेको हो ।
प्रदेश प्राविधिक तथा व्यावसायिक एवम् तालिम परिषद्को प्रमुख कार्यकारी निर्देशकमा नुवाकोटकी शान्ति लामालाई नियुक्ति गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता सुरजचन्द्र लामिछानेले जानकारी दिए ।
स्वास्थ्य संस्था आशयपत्र सेवा सञ्चालन अनुमति एवं नवीकरण स्तरोन्नतिसम्बन्धी मापदण्ड २०८१, वार्षिक आयोजना छनोट कार्यविधि २०७८ संशोधन, तालिम सञ्चालनसम्बन्धी कार्यविधि २०८१ र प्रविधि हस्तान्तरणसम्बन्धी कार्यक्रम २०८१ लाई मन्त्रिपरिषद् अन्तर्गतको समितिमा छलफलका लागि पठाउन स्वीकृति प्रदान गर्ने निर्णय गरिएको प्रवक्ता मन्त्री लामिछानेले बताए ।
प्रदेश प्रमुखको कार्यालय सबलीकरण कार्यक्रमका लागि रु १० लाख र गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि भरतपुर महानगरपालिकालाई रु १० करोड अनुदानबापत निकासा गर्न स्वीकृति प्रदान गर्ने निर्णय भएको छ ।
प्रदेश खानेपानी तथा सरसफाइ विधेयक तर्जुमा गर्न खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने, प्रदेश औद्योगिक व्यवसाय ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक र प्रादेशिक व्यापार तथा व्यवसायसम्बन्धी ऐन २०७६ संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा दर्ता गर्न स्वीकृति प्रदान गर्ने, अपाङ्गता भएका व्यक्तिको सशक्तिकरण कार्यक्रम कार्यान्वय कार्यविधि २०८१ स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता लामिछानेले जानकारी दिए ।

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

बजेटका सम्बन्धमा भएका गलत प्रचारप्रसारप्रति आर्थिक मामिला मन्त्रालयको ध्यानाकर्षण

बाढी घरमा पस्दा बलामी बेपत्ता

प्रतिक्रिया