भारतसँगको वान डे सिरिज अस्ट्रेलियाको कब्जामा

काठमाडौं : अस्ट्रेलियाले एक खेल अगाबै भारतविरुध्दको वान डे सिरिजमाथि कब्जा जमाएको छ । आइतबार सम्पन्न सिरिजको दोस्रो खेलमा अस्ट्रेलियाले भ्रमणकारी टीम भारतलाई ५१ रनले पराजित गर्यो ।
भारतलाई लगातार पराजित गर्दा स्टिभ स्मिथले उत्कृष्ट प्रदर्शन गरे । उनले ६४ बलको सामना गर्दै १ सय ४ रन बनाए । भारतलाई ३ सय ९० रनको लक्ष्य दिने क्रममा अस्ट्रेलियाका एरोन फिन्च र डेभिड वारनरले क्रमशः ६० र ८३ रन बनाए । त्यस्तै मानस लाबुसेनले ७० रनको योगदान गरे भने ग्लेन म्याक्सवेलले ६३ रन बनाए ।
उता, कप्तान विराट कोहलीले ८९ रन बनाए पनि भारतको पराजय टार्न सकेकनन् । पराजित भारतीय टीमका लागि के एल राहुलले ६६ बलको सामना गर्दै ७६ रन बनाए ।
सिड्नी क्रिकेट मैदानमा सम्पन्न खेलमा भारतका लागि कप्तान कोहलीले कुनै पनि खेलाडी परिवर्तन गरेनन् भने अस्ट्रेलियाले एक खेलाडी परिवर्तन गर्यो । घाइते भएका मार्कस स्टोइनिसलाई मोइसेस हेनरिकले प्रतिस्थापन गरे । अस्ट्रेलिया र भारतले सिरिजको अन्तिम खेल मंगलबार खेल्नेछन् ।
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

मुम्बईलाई हराउँदै ११ वर्षपछि पञ्जाव आइपीएलको फाइनलमा

असियन अल स्टार्ससँग म्यानचेस्टर युनाइटेड पराजित

जियो हटस्टारले किन्यो भारत-इंग्ल्याण्ड सिरिजको डिजिटल अधिकार

राष्ट्रिय कुराँस प्रतियोगिता जेठ १६ मा

प्रथम कञ्चनजंघा क्रिकेट प्रतियोगिता : पथरीशनिश्चरे र दमक विजयी

प्रतिक्रिया