फुटबलः चर्च ब्वाइज विजयी
काठमाडौँ- चर्च ब्वाइज युनाइटेड क्लबले एन्फा यु–१६ युथ लिग फुटबल प्रतियोगिताको उद्घाटन खेलमा जित हासिल गरेको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मुख्यालय मैदानमा आज भएको खेलमा चर्च ब्वाइजले सङ्कटा क्लबलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।
चर्च ब्वाइजका लागि सनिल मगर र सुगम रानाले समान एक–एक गोल गरे । त्यस्तै, यता सङ्कटाका लागि भने पेम्बा तामाङले गोल गरे ।
खेलको १५ औँ मिनेटमा पेम्बाको ‘पेनाल्टी’ गोलमार्फत सङ्कटाले पहिलो अग्रता लियो । त्यसपछि खेलको ३० औँ मिनेटमा चर्च ब्वाइजका सनिलले ‘फ्री किक’मार्फत एक गोल गर्दै खेललाई एक–एक गालको बराबरीमा ल्याए । त्यसपछि खेलको ८४ औँ सुगमले गोल गर्दै चर्च ब्वाइजलाई २–१ को जित दिलाए । –रासस
महिला फुटबल : नेपाल थाइल्यान्डसँग पराजित

रियल म्याड्रिडको संघर्षपुर्ण जित

एन्फाको साधारण सभामा गणेश थापाले प्रवेश नपाएपछि तनाव

फ्रान्समा साम्बाको ह्याट्रिकले तहल्का

म्यानचेस्टर युनाइटेड ३-० को जितमा

बेलायतमा अब महिला फुटबलमा ‘ट्रान्सजेन्डर वुमन’लाई खेल्न प्रतिबन्ध

प्रतिक्रिया