सूर्य नजिक पुगेको पार्कर आयो सम्पर्कमा, नासाले भन्यो- ‘सबैभन्दा ठूलो उपलब्धी'

काठमाडौँ- नासाको पार्कर सोलार प्रोब डिसेम्बर २४ मा सूर्यको सबैभन्दा नजिक पुगेर इतिहास रचेको छ ।
क्रिसमसअघि पार्करले सूर्यबाट ६१ लाख किलोमिटर मात्रै पार गरेको थियो, अहिलेसम्म कुनै पनि यान सूर्यको यति नजिक पुगेको यो पहिलो घटना हो । तर, यस अवधिमा वैज्ञानिकहरूले यस अन्तरिक्ष यानसँग सम्पर्क गर्न नसक्दा नासाको चिन्ता बढेको थियो ।
तर शुक्रबार मध्यरातभन्दा ठीक अघि वैज्ञानिकहरूले पार्कर सोलार प्रोबबाट सङ्केत पाएको नासाले जनाएको छ । अर्थात्, नासाको यो अन्तरिक्ष यान सूर्यको सबैभन्दा नजिक पुग्न सफल भएको औपचारिक रूपमा पुष्टी भएको छ । नासाका अनुसार सौर्य सतहबाट ६१ लाख किलोमिटरको दुरीमा पुगेर पनि यो अनुसन्धान सुरक्षित रहेको र अन्तरिक्ष यानले सामान्य रूपमा काम गरिरहेको छ ।
कतिपयलाई ६१ लाख किलोमिटरको दुरी धेरै छ जस्तो लाग्ने भए पनि नासाका वैज्ञानिक डा निकोला फक्सले यसरी व्याख्या गरेकी छिन् , ‘यदि हाम्रो पृथ्वी र सूर्यबीच १ मिटरको दूरी छ भने पार्कर सूर्य भन्दा ४ सेन्टिमिटर मात्रै टाढा भएको छ, जुन ठूलो उपलब्धि हो ।
वास्तवमा वैज्ञानिकहरूले आशा गरेका छन् कि अन्तरिक्ष यान सूर्यको बाहिरी वायुमण्डलबाट गुज्रने बित्तिकै यसले लामो समय देखि चलिरहेका रहस्य समाधान गर्न सक्ने डाटा संकलन गर्नेछ।
वैज्ञानिकहरू भन्छन् कि सूर्यको बायुमण्डल वास्तवमा धेरै तातो छ । सूर्यको सतहको तापक्रम करिब ६ हजार डिग्री सेल्सियस वा सोभन्दा बढी हुन्छ तर उसको बायुमण्डलबाट टाढा हुँदा लाखौं डिग्रीसम्म पुग्छ। वैज्ञानिकहरू जान्न चाहन्छन् सूर्यको बाहिरी वायुमण्डलको तापक्रम अर्थात् सोलार चक्र यति धेरै हुनुको कारण के हो ? यो मिसनले वैज्ञानिकहरूलाई सूर्यवाट निस्कने उर्जाको कारण जान्न खोजिरहेका छन् ।
अर्थात् सौर्य वायुको प्रवाहलाई अझ राम्ररी बुझ्न मद्दत गर्नेछ। जब यी कणहरू पृथ्वीको चुम्बकीय क्षेत्रसँग सम्पर्कमा आउँछन्, आकाश उज्यालो हुन्छ, तर यसले मौसम सम्बन्धी समस्याहरू निम्त्याउन सक्छ, जसले पावर ग्रिड, इलेक्ट्रोनिक्स र सञ्चार प्रणालीहरू ध्वस्त हुन सक्छ।
पृथ्वीमा मानव जीवनका लागि सूर्य, यसको गतिविधि, अन्तरिक्षको मौसम, सौर्य वायुलाई बुझ्न निकै महत्त्वपूर्ण रहेको र नासाको पार्कर सोलार प्रोबमा यसको अध्ययनका लागि महत्त्वपूर्ण तथ्याङ्क उपलब्ध गराउने क्षमता रहेको वैज्ञानिकहरूको विश्वास छ।

मलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्धविराम

बेइजिङमा बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

"जलवायु र युद्धले गम्भीर खाद्य संकट निम्त्याउँदै, राष्ट्रसंघको चिन्ता"
विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

विद्रोही आक्रमणमा कङ्गोमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_XWN7mHWvGT_mnskozrzai7po4qrxqdrouuaupnxhzhhb06vcmantzhuumdhwuambjaiptlm_bnZGFVMeZR_nfx5w7iedy0bnpiv5g6vvhdxvsqrrjcqiepq7ew7ornrvcrgsgj7bygewqr3.jpg)
थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

प्रतिक्रिया