शेरा दरबारको जग्गा सरकारको नाममा ल्याउनुपर्ने अनुसन्धानको निष्कर्ष

काठमाडौँ- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नुवाकोटस्थित शेरा दरबारको झण्डै एक सय ६८ रोपनी जग्गा दुरुपयोग भएकाले सरकारको नाममा ल्याउनुपर्ने निष्कर्ष निकालेको छ ।
सिआइबीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक दीपक थापाले अनुसन्धानमा जग्गा दुरुपयोग भएको पाइएकाले मालपोत ऐनअनुसार जग्गा सरकारको नाममा ल्याउनुपर्ने भनी भूमि व्यवस्थापन तथा अभिलेख विभागमा पत्राचार गरिएको जानकारी दिए ।
उनले उक्त जग्गाका विषयमा अख्तियारलाई समेत जानकारीसहितको पत्र पठाइएको बताए । सिआइबीले चार महिनाभन्दा बढी लगाएर उक्त जग्गाको अनुसन्धान गरेको जनाएको छ ।
तत्कालीन राजा पृथ्वीनारायण शाहले नुवाकोटमा एक सय ८४ रोपनीमा शीतकालीन दरबार निर्माण गरेका र त्यो जग्गामा अधिकांश व्यक्तिको फर्ममा पुगेको अनुसन्धानमा फेला परेको सिआइबीले जनाएको छ ।
पछिल्लो समयमा उक्त जग्गा व्यक्तिले लिएको विषयमा समाचार बाहिर आएको थियो ।

जिपले च्यापेर बालकको मृत्यु

मकरको रोकिएका काम सुचारु हुने, कुम्भले समाजमा मानसम्मान र प्रतिष्ठा कमाउने

धनगढीमा अविरल वर्षा : दुई हजार घरमा पानी पस्यो, आठ जनाको उद्धार

दरबारमार्गमा चार तलामाथिबाट खसेर दुई मजदुरको मृत्यु

सेवाग्राही नआएपछि बिहानी सेवा बन्द

कटुवा पिस्तोल र दुई थान म्याग्जिनसहित दुई पक्राउ

लुटपाटमा संलग्न पाँच जना पक्राउ

प्रतिक्रिया