दोस्रो विश्वयुद्धपछि जर्मनीमा चौथो पटक संसद् विघटन, फ्रेबुअरी २३ मा चुनाव हुने

बर्लिन- जर्मन राष्ट्रपति फ्रान्क वाल्टर स्टेन मेयरले शुक्रबार संसद् विघटन गरेका छन् ।
लगत्तै चान्सलर ओलाफ स्कोल्जको गठबन्धन सरकारको पतनपछि फेब्रुअरी २३ मा नयाँ चुनावको मिति घोषणा गरेका छन् ।
गत नोभेम्बर ६ मा गठबन्धन टुटेपछि उनले अल्पमत सरकारको नेतृत्व गरिरहेका थिए । जर्मनीको स्थिर अर्थतन्त्रलाई कसरी पुनर्जीवित गर्ने भन्ने विवादका बीच उनले अर्थमन्त्रीलाई बर्खास्तसमेत गरेका छन् ।
ओलाफ स्कोल्जले १६ डिसेम्बरमा विश्वासको मत गुमाएपछि उनले अल्पमतको सरकारको नेतृत्व गर्दै आएका थिए । यसपछि धेरै प्रमुख दलका नेताहरूले निर्धारित समयभन्दा सात महिना अगाडि फेब्रुअरी २३ मा संसदीय निर्वाचन गराउने सहमति गरेका थिए । दोस्रो विश्वयुद्धपछिको संविधानले आफैं विघटन गर्न अनुमति नदिने भएकोले स्टाइन मेयरले संसद् विघटन गर्ने र निर्वाचन गर्ने कि नगर्ने निर्णय गर्न समय लागेको हो ।
उता, जर्मनीको चान्सलरको चुनावमा मुख्य मुद्दाहरू आप्रवासन, सुस्त अर्थतन्त्रलाई अगाडी बढाउने र युक्रेनलाई रूस विरुद्धको संघर्षमा मद्दत गर्ने भन्नेलगायतका मुद्दा समावेश छन्। जर्मनीको निर्वाचन प्रणालीले परम्परागत रूपमा गठबन्धनहरू बनाउँछ र कुनै पनि पार्टी आफ्नै बलमा पूर्ण बहुमतको नजिक छैन भन्ने सर्वेक्षणले देखाएको छ। निर्वाचनपछि नयाँ सरकार गठनका लागि केही सातासम्म वार्ता हुने अपेक्षा गरिएको छ ।
जर्मनीको दोस्रो विश्वयुद्धपछिको संविधान अन्तर्गत समयअघि नै संसद् विघटन भएको यो चौथो पटक हो। सन् १९७२ मा चान्सलर विली ब्रान्ड, १९८२ मा हेल्मुट कोहल र २००५ मा गेर्हार्ड श्रोडरको कार्यकालमा यस्तो विघटन भएको थियो। श्रोडरले विश्वासको मत प्रयोग गरेर चुनावमा जीत हासिल गर्ने सोचेका थिए तर प्रतिद्वन्द्वी एन्जेला मर्केलले थोरै मतान्तरले बिजयी हासिल गरेकी थिइन् ।
यसैबीच सर्वेक्षणहरूले स्कोल्जको पार्टी फ्रेडरिक मर्जको नेतृत्वमा रहेको रूढीवादी विपक्षी युनियन अप्ठयारोमा पारेको देखाएको छ ।

मलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्धविराम

बेइजिङमा बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

"जलवायु र युद्धले गम्भीर खाद्य संकट निम्त्याउँदै, राष्ट्रसंघको चिन्ता"
विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

विद्रोही आक्रमणमा कङ्गोमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_XWN7mHWvGT_mnskozrzai7po4qrxqdrouuaupnxhzhhb06vcmantzhuumdhwuambjaiptlm_bnZGFVMeZR_nfx5w7iedy0bnpiv5g6vvhdxvsqrrjcqiepq7ew7ornrvcrgsgj7bygewqr3.jpg)
थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

प्रतिक्रिया