चीनमा ३५ जनाको हत्या गर्नेलाई डेढ महिनामै मृत्युदण्ड

बेइजिङ- चीनमा कारले ३५ जनाको हत्या गर्ने व्यक्तिलाई डेढ महिनाभित्र मृत्युदण्ड दिइएको छ ।
गत महिना दक्षिणी चीनको झुहाई सहरमा कार हमलामा ३५ जनाको हत्या गर्ने एक व्यक्तिलाई शुक्रबार मृत्युदण्ड दिइएको छ ।
चिनियाँ सरकारी सञ्चारमाध्यमका अनुसार नोभेम्बर ११ मा ६२ वर्षीय फ्यान वेइकिउले खेलकुद परिसर बाहिर कसरत गरिरहेका मानिसहरूको बीचमा जानाजानी आफ्नो सानो एसयूभी चलाएको थियो, जहाँ ३५ जनाको मृत्यु भएको थियो ।
जुन सन् २०१४ पछि चीनमा भएको सबैभन्दा भयंकर नराम्रो नरसंहार तथा आक्रमणको रूपमा हेरिएको थियो । घटनास्थलमा चक्कु प्रहार गरी घाइते भएका उनलाई हिरासतमा लिएर गएको प्रहरीले त्यतिबेला जनाएको थियो ।
तर, उनको मुद्दा शुक्रबार सार्वजनिक रूपमा चलाइएको थियो र सोही दिन फैसला घोषणा गरिएको थियो । राज्य प्रसारक सीसीटीभीका अनुसार उनलाइ मृत्युदण्ड दिइएको छ ।
अदालतले भन्यो कि, ‘प्रतिवादीको मनसाय अत्यन्त घृणित थियो, अपराधको प्रकृति अत्यन्त गम्भीर थियो, विधिहरू विशेष गरी क्रूर थिए र परिणामहरू विशेष गरी गम्भीर थिए, जसले समाजलाई महत्त्वपूर्ण हानि पुर्यायो।’ण्
वेइकिउले केही पीडितका परिवार, सरकारी अधिकारी र जनताका अगाडि आफ्नो अपराध स्वीकार गरेको बताइएको छ । समाचार भनिएको छ कि अदालतमा उनले आफ्नो टुटेको विवाह, व्यक्तिगत निराशा र सम्बन्धविच्छेद पछि सम्पत्तिको बाँडफाँटमा असन्तुष्टिको कारण आफ्नो क्रोध निकाल्ने निर्णय गरे पछि भीडमा गाडी कुदाएँका हुन ।’ उनले निराशाका कारण क्रोध उत्पन्न भएको बयान दिएका छन र गल्ति स्विकारेका छन ।
केही विश्लेषकहरूले भने यी घटनाहरूलाई देशको सुस्त अर्थतन्त्रप्रति बढ्दो आक्रोश र निराशा र समाज थप स्तरीकृत हुँदै गएको भावनासँग जोडेका छन्।

मलेसियामा गरे थाइल्याण्ड र कम्बोडियाले युद्धविराम

बेइजिङमा बाढीमा परी ३० को मृत्यु, ८० हजारलाई अन्यत्र सारियो

"जलवायु र युद्धले गम्भीर खाद्य संकट निम्त्याउँदै, राष्ट्रसंघको चिन्ता"
विश्वव्यापी एआई मोडेल गणनामा चीन शीर्ष स्थानमा

विद्रोही आक्रमणमा कङ्गोमा मारिनेको सङ्ख्या ४० भन्दा बढी पुग्यो
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_kGXZ6ajNij_rgudjoumwxnoesu0chwtj4pazcqqocrstbxinc1r8ntxslaponaf6e9utjln_Hfcp0nsMmx_i4ofjybttpkqywlrknkb1ne1pzdchzpgahamfhcghjjelullxg50kck3pzxw_XWN7mHWvGT_mnskozrzai7po4qrxqdrouuaupnxhzhhb06vcmantzhuumdhwuambjaiptlm_bnZGFVMeZR_nfx5w7iedy0bnpiv5g6vvhdxvsqrrjcqiepq7ew7ornrvcrgsgj7bygewqr3.jpg)
थाइल्याण्डमा गोली चल्दा पाँच जनाको मृत्यु

स्कटल्याण्डमा के गर्दैछन् डोनाल्ड ट्रम्प ?

प्रतिक्रिया