क्यानाडामा लहरे खोकीका विरामीमा निरन्तर वृद्धि

ओटावा- क्यानडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
क्यानडाका स्वास्थ्य अधिकारीहरूले यस वर्ष अहिलेसम्म लहरे खोकी (पर्टुसिस) का १९ हजारभन्दा बढी विरामीमा देखिएको छ । सामान्यतया, क्यानडामा एक हजारदेखि तीन हजारसम्म सङ्क्रमित भेटिने गरेकोमा यो बर्षको सङ्क्रमण दर निकै बढी भएको देखिन्छ, क्यानडाको सीटीभी न्यूजले जनाएको छ ।
क्यानडाका प्रमुख जनस्वास्थ्य अधिकृत डा. थेरेसा टामले सन् २०२५ सम्ममा आफ्नो सबैभन्दा ठूलो स्वास्थ्य समस्याबारे उजागर गर्दै भने, “लहरे खोकीलाई वर्षौंसम्मको निरन्तर खोपद्वारा नियन्त्रण गरिएको थियो र यो फेरि आउनुको एक कारण लहरे खोकीको लागि दिइने नियमित बाल्यकालको खोपमा अवरोध हो ।”
सीटीभी न्युजका अनुसार क्यानाडामा रुघाखोकीलाई ‘राष्ट्रिय स्तरमा देखिएको रोग’ को रूपमा लिइनछ र यसलाई क्यानेडियाली ‘नोटिफाइबल डिजिज सर्भिलेन्स सिस्टम’मार्फत निगरानी गरिन्छ। (सिन्ह्वा)

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया