समावेशितालाई व्यावहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ : न्यायाधीश मल्ल

विराटनगर- सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले समानता र समावेशिताको विषय सिद्धान्तमा मात्रै नभइ व्यावहारिक रुपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएकी छन् ।
नेपाल बार एशोसिएशन कानुन व्यवसायी महिलाको ३१औँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उहाँले व्यवहारिक रुपम कार्यान्वयन नभएसम्म सिद्धान्तले मात्रै अर्थ नराख्ने बताइन् ।
कानुन परिवर्तनका वाहक महिला कानुन व्यवसायीले आफ्ना क्षमता र दक्षतालाई अभिवृद्धि गर्दै लैजानुपर्ने सुझाव दिँदै उहाँले महिला कानुन व्यवसायीलाई अगाडि ल्याउन अदालतमा पहिलो बहस महिलालाई दिनुपर्ने धारणा राखिन् ।
उनले भनिन्, “न्यायपरिषद् निष्पक्ष र स्वतन्त्र छ, महिला कानुन व्यवसायीले आफ्नो क्षमता आफैँले उजागार गर्न क्षमता र दक्षतालाई निर्खानुपर्ने आवश्यकता छ ।”
उनले मुद्दा मेलमिलापको नीति अदालतले अपनाएपछि धेरै मुद्दाहरु सोही विधिमार्फत राफसाफ हुने भएकाले यसलाई अझ प्रभावकारी बनाउन जरुरी रहेको उल्लेख गरिन् । अदालत अहिले प्रविधियुक्त्त बन्दै गएकाले सबै कानुन व्यवसायीहरु प्रविधिमा जोडिन आवश्यक भएको उनको भनाइ थियो ।
सर्वोच्च अदालतको न्यायाधीश सारङ्गा सुवेदीले आफू अनुकूल फैसला भएमा मात्र न्याय हुने सोचमा परिवर्तन हुन जरुरी भएको बताइन् । न्याय सम्पादनमा असर पर्न नदिन कानुन व्यवसायीले आफ्ना कमी कमजोरीलाई हटाउनुपर्ने उनको भनाइ थियो ।
त्यस अवसरमा अधिवक्ता कल्पना भण्डारी, सविता पाठकलाई पुरस्कृत भइन् । साथै अधिवक्ता डा. विनिता कार्की, डा. विष्णु बस्याल, डा. शोभा पराजुली, डा. सरिता खनाल, डा. सुस्मा बाँस्कोटा, डा. शशिकुमारी अधिकारी र नविना चन्दलाई सम्मान गरिएको थियो ।
_CfMO9FaNj2_wm1bgp8woyjerxqkyg053rifmqwansj9snaw9kekcoxfnougxlyuuc6kvuen_hKWgCLAgrS_tprihoskxgdvypm4s5guqohwtadombu0ybqkheyi9gljjkavqdiohttvvcgd.jpg)
ताप्लेजुङका हिमालको चुचुरामा मानव पाइला पुग्दै

जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

जीवनजल लिनको घण्टौँ पैदलयात्रा पार गर्नुपर्ने अवस्थाको अन्त्य

५० हजार बढी भूमिहीनले मागे जग्गाको धनीपूर्जा

करेन्ट लगाएर माछा मार्नेलाई एक लाख जरिवाना

डढेलोबाट घर जोगाउनै मुस्किल

डढेलोमा परी युवतीको मृत्यु, चार घाइते

प्रतिक्रिया