टर्कीएको ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुग्यो

इस्तानबुल- टर्कीएको पहिलो घरेलु ‘सञ्चार उपग्रह’ सफलतापूर्वक आफ्नो कक्षमा पुगेको छ । यो देशको अन्तरिक्ष कार्यक्रममा महत्त्वपूर्ण कोसेढुङ्गा भएको यातायात तथा पूर्वाधार मन्त्री अब्दुलकादिर उरालोग्लुले शनिबार बताएका छन् ।
‘टर्कस्याट ६ए’ ४२ डिग्री पूर्वी कक्षामा पुगेको मन्त्रीले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा उल्लेख गरे ।
“हाम्रो राष्ट्रिय गौरवले टर्कीएलाई अन्तरिक्ष गतिविधिहरूमा अन्तर्राष्ट्रिय खेलाडीको रूपमा उचाल्ने र हाम्रो सञ्चार पूर्वाधारलाई बलियो बनाउनेछ,” उनले बताए ।
स्थानीय समय अनुसार बिहान ५ बजे अन्तिम प्रज्वलनपछि उपग्रह ३५ हजार ७८६ किलोमिटरमा आफ्नो अन्तिम ‘जियोसिंक्रोनस अर्बिट’ मा पुग्यो ।
कक्षामा थप परीक्षण गरिसकेपछि टर्कस्याट ६ए सन् २०२५ को पहिलो त्रैमासिक सम्म सञ्चालन हुने अपेक्षा गरिएको छ ।
टर्कस्याट ६ए जुलाई ९ मा फ्लोरिडामा स्पेस एक्स केप क्यानाभेरलबाट प्रक्षेपण गरिएको छ ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया