कतारकी राजकुमारीको ‘प्रेममा पागल भूतपूर्व ड्राइभरलाई तीन वर्ष प्रतिबन्ध

लन्डन - बेलायतको वेस्टमिन्स्टर म्याजिस्ट्रेट अदालतले लण्डनका एक व्यक्तिलाई कतारकी राजकुमारीलाई पिच्छा गरेको र उत्पीडन गरेको अभियोगमा सजाय सुनाएको छ ।
यसरी लन्डन अदालतबाट सजाय पाउनेमा ४७ वर्षीय अबुसलह हुन्, जो यसअघि राजकुमारीको सवारी चालकको रूपमा कार्यरत रहेका थिए । ड्राइभरमाथि अनावश्यक रूपमा राजकुमारीलाई पीछा गरेको आरोप लगाइएको थियो ।
जसलाई इहाद अबुसलहले स्वीकार गरेका छन् तर अदालतमा उनको दाबी यो छ कि राजकुमारी र उनी बीच गहिरो प्रेम सबन्ध रहेको छ । जसका कारण प्रेमका लागि नै उनले राजकुमारीको पिच्छा गरेका हुन । ‘मलाई लाग्छ कि राजकुमारीले पनि मलाई माया गर्छिन् र हामी दुबै रोमान्टिक सम्बन्धमा छौं,’ अदालत सामु बयानमा उनले भने ।
तर, अबुसलहका वकिलले अदालतलाई भने कि उनी मानसिक रूपमा बिरामी थिए र यही गलतफहमीका कारण उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेद गर्नु परेको थियो ।
भूतपूर्व ड्राइभर इहाद अबुसलहले गत मार्च २०२४ मा राजकुमारीलाई निकै पछ्याउने मात्रै काम गरेनन्, राजकुमारीलाई उपहार र पैसाहरू पनि पठाउन सुरु गरे । समाचार अनुसार ती भूतपूर्व ड्राइभरले राजकुमारीको जन्मदिनमा ब्रासलेट र फूलहरू पठाएका थिए र उनलाई बारम्बार फोन गरेर हैरान गर्ने काम गरिरहेका थिए ।
अहिले यो भनिएको छ, भूतपूर्व ड्राइभर अबुसलहलाई राजकुमारीले पनि माया गर्छिन् र उनीहरूबीच रोमान्टिक सम्बन्ध रहेको छ भन्ने उनको गलत धारणा विकास भएको छ । किनकी, श्रीमतीसँग सबन्धविच्छेद गरे पछि उनी थप मानसिक रूपमा विक्षिप्त रहेका छन् ।
राजकुमारीका वकिलले अदालतलाई भने कि अबुसलहको यो गलत हर्कत र कार्यले धेरै समस्यामा पारिरहेको छ। उनी राजकुमारीको निवास वरिपरि देखिने र कर्मचारीमार्फत राजकुमारीलाई उपहार पठाएर हैरान गरिरहेका छन, जो रोक्ने प्रयास गर्दा पनि ती भूतपूर्व ड्राइभरले मानिरहेका छैनन् । जसका कारण राजकुमारीले आफ्नो र आफ्नो परिवारको सुरक्षाको बारेमा निकै चिन्ता गरिरहेकी छिन, मुख्यतयाः उनका भूतपूर्व ड्राइभरबाट हैरान छिन् ।
साथै, अबुसलहका वकिलले पनि उनी मानसिक रूपमा बिरामी भएको तर्क गरेका छन्, जसका कारण उनले राजकुमारीसँगको सम्बन्धलाई लिएर गलतफहमी बढेको भन्दै उनले आफ्नी श्रीमतीसँग सम्बन्ध विच्छेदसमेत गरेको अदालतमा जानकारी गराएका थिए । र, बयानका आधारमा अदालतले अबु सलाहलाई दोषी ठहर गरेको हो ।
उनलाई १२ महिनाको सामुदायिक आदेशसँगै ३० दिनको पुनर्वास गतिविधिमा भाग लिन आदेश दिइएको छ । साथै अदालतले कम्तीमा तीन वर्षको प्रतिबन्ध आदेश जारी गरियो, जसमा अबुसलहलाई राजकुमारी र उनको परिवारसँग सम्पर्क गर्न र उनीहरूको घरको वरिपरि घुम्न प्रतिबन्ध लगाइएको छ।

लखनउमा बस आगलागी, जलेर पाँच जनाको मृत्यु

जेलेन्स्की टर्की पुग्दा पुटिन भने मस्कोमा नै

चीनले पाकिस्तानी वैज्ञानिकलाई पनि अन्तरिक्षमा सँगै लैजाने

युक्रेनका कारण फ्रान्स तेस्रो विश्वयुद्ध चाहँदैन : म्याक्रोन

गाजाका अस्पतालहरूमा प्रसूति सेवा गम्भीर रूपमा प्रभावित : संयुक्त राष्ट्रसंघ
_0Q0VUv201A_kvt31x87ukqaspt0vuudke45gt9vmpatmrq9ftfj2i8m6kiog2bq3yjrovlf_OnFBH6FGnd_erv23q1ls1qr2tiuipkbtkfm8fkkiu1z8morhnwgkq9loqls5xehsh7hxivl.jpg)
अप्रिलयता सोमालियामा बाढीबाट ८४ हजारभन्दा बढी प्रभावित
वैश्विक दबाबका कारण जर्मन अर्थतन्त्र सन् २०२५ मा सङ्कुचित हुने : अध्ययन

प्रतिक्रिया