सिंहदरबारमा एमाले कार्यदलको बैठक, कोटेश्वरमा दाहाल-नेपाल भेटवार्ता

काठमाडौँ : प्रतिनिधि सभा विघटनसम्बन्धी रिटमाथिको बहस सकिएसँगै देशको राजनीतिक फेरि तातिएको छ । असार २८ गते विघटनसम्बन्धी रिटको अर्को पेशी तोकिएको छ । विघटनसम्बन्धी रिटको फैसला आउनुअघि नै नेकपा एमाले एकताका लागि कसरत भइरहेको छ । एकता कायम गर्न एमाले विवाद समाधान निम्ति गठित कार्यदल ब्युँताइएको छ । सोमबार साँझ एक चरण छलफलपछि आज पुनः कार्यदलको बैठक बसिरहेको छ ।
सिंहदरबारमा एमालेको आन्तरिक विवाद मिलाउन गठित कार्यदलको बैठक बसिरहदा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले नेता माधवकुमार नेपालबीच कोटेश्वरमा भेटवार्ता जारी छ । नेता नेपाललाई भेट्न दाहाल उनकै निवास कोटेश्वर पुगेका हुन् । माओवादी केन्द्रीय सदस्य महादेव यादवको निधनमा श्रद्धाञ्जली दिन जनकपुर पुगेर फर्केका दाहाल त्यहाँबाट फर्केर सिधैँ कोटेश्वर पुगेका हुन् ।
दुवै नेताबीच अहिले छलफल जारी रहेको माओवादी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । उनकाअनुसार नेताहरूबीच पछिल्लो राजनीति घटनाक्रमका विषयमा छलफल भइरहेको छ । एमाले एकताका लागि गठित कार्यदल ब्युँतिएर छलफल सकारात्मक दिशातिर उन्मुख भएको नेताहरुले बताइरहेका बेला दाहाल–नेपालबीचको भेटघाटलाई चासोका साथ हेरिएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया