राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्व छः मन्त्री मण्डल

कोशी प्रदेश सरकारले पर्यटन वर्ष–२०८२ का लागि सचिवालयको स्थापना गरेको छ । पर्यटन, वन तथा वातावरण मन्त्रालयमा स्थापना गरिएको सचिवालयको उद्घाटन गर्दै पर्यटन, वन तथा वातावरणमन्त्री सदानन्द मण्डलले राष्ट्रिय पुँजी निर्माण गर्न पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।
उनले कोशी प्रदेशमा धार्मिक, भौगोलिक र प्राकृतिक हिसाबले पनि पर्यटनको प्रशस्त सम्भावना रहेकाले यसको सदुपयोग गर्नुपर्नेमा जोड दिए । “हामीले प्रवेशद्वारमा नै प्रहरी जाँच गराइ पर्यटक आउने सवारीमा स्टिकर लगाउँछौँ जसले गर्दा बाटाबाटामा हुने प्रहरी चेकजाँचको समस्या हुँदैन”, उनले भने ।
पर्यटन वर्ष सफल पार्न निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहने भएकाले विभिन्न समितिमा निजी क्षेत्रलाई संलग्न गराएको जानकारी दिए ।
मन्त्रालयका सचिव विशाल घिमिरेले पर्यटकका लागि यो प्रदेश अत्यन्त सम्भावनायुक्त भएका उल्लेख गर्दै पर्यटन वर्ष–२०८२ सफल पार्न सबैको साथ आवश्यक भएको बताए । पर्यटन वर्ष–२०८२ निर्देशक समितिका सहसंयोजक भविष्य श्रेष्ठ र कृष्णकुमार साहले सरकारले यो योजनालाई सफल बनाउन सबै अहोरात्र खटिने प्रतिबद्धता जनाए । रासस

व्यवसायीलाई ढुक्क भएर लगानी गर्न प्रधानमन्त्री ओलीको आग्रह

निर्माणमुखी सामग्रीको व्यवस्थापन तथा नियमनसम्बन्धी विधेयकमाथि छलफल सुरु

शहरी विकास मन्त्रालयको के-के छ प्रगती ?

नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त

पूर्वविशिष्टलाई दिने सेवा सुविधालाई व्यवस्थित गर्न कानुन बन्दै : गृहमन्त्री लेखक
राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने गृहमन्त्रीको निर्णय

प्रतिक्रिया