होटल गुञ्जले अंग्रेजी नयाँ वर्षमा सांगीतिक कार्यक्रम गर्ने

बर्दिबास- होटल गुञ्जले अंग्रेजी नयाँ वर्षको अवसर पारेर सांगीतिक कार्यक्रम आयोजना गर्ने भएको छ । महोत्तरीमा उत्कृष्ट आतिथ्य र आनन्ददायी वातावरणको लागि प्रख्यात तथा रमाईलो वातावरण स्वादिलो परिकारहरूको साथ चर्चित कलाकारहरुको प्रस्तुति रहने यस नयाँ वर्ष विशेष कार्यक्रम २०२४ डिसेम्बर ३१ मंगलबारदेखि २०२५ जनवरी १ बुधबारसम्म २ दिनको लागि हुने होटल गुञ्जले जानकारी दिएको छ ।
गुञ्जकोअनुसार न्यु ईयर ईभ र न्यु ईयरको दिनमा “समुन्द्र ब्यान्ड” र “द हाईम्स ब्याण्ड” को संयुक्त लाईभ म्युजिकको प्रस्तुती रहने छ । साथै डिजेहरुको प्रस्तुती, बार्बेक्यु नाईट र बिभिन्न आतसबाजी लगायतको कार्यक्रम पनि रहेको छ ।
होटल गुन्जका म्यानेजर सुशांत कार्कीले भने , “हाम्रा अतिथीहरुको यो नयाँँ वर्ष वास्तवमै अविस्मरणीय रहोस् भन्नको लागि हामीले विविध प्रतिभाशाली व्यक्तित्वहरुको साथ मनोरञ्जनात्मक कार्यक्रम आयोजना गरेका छौँ । हामीलाई विश्वास छ कि संगीत, स्ट्यान्ड–अप कमेडी र अन्य थुप्रै मनोरञ्जनात्मक गतिविधीहरुको साथ हाम्रा अतिथीहरुले नयाँ वर्ष साँच्चिकै नै रमाइलो हुनेछ । त्यसैले आफ्नो परिवार र साथीभाईहरुसँग नयाँ वर्ष विशेष बनाउनको लागि अहिले नै सिट बुक गर्न सक्नुहुनेछ ।”
यस नयाँ वर्ष उत्सवमा सामेल हुन चाहनेहरूको लागि प्रवेश निःशुल्क रहेको छ ।

मणिमुकुन्द सेन उद्यान बुटवल क्षेत्रको प्रमुख पर्यटकीय गन्तव्य

उपल्लो मुस्ताङ पुगेका विदेशी पर्यटकबाट २९ करोड राजस्व

मनसुन याममा अन्नपूर्ण आधार शिविरमा पर्यटक भरिभराउ

खड्गभवानी कोत आन्तरिक पर्यटकको आकर्षक गन्तव्य

ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक

अब क्यूआर कोडमा पचाल झरना

नागरिक उड्डयन प्राधिकरणले ल्यायो ३१ अर्बभन्दा बढी बजेट

प्रतिक्रिया