‘भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्छ’

गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री डा टकराज गुरूङले भविष्य खोज्न अर्काको देशमा जाने सोच त्याग्नुपर्ने बताएका छन् । तमु ल्होसारका अवसरमा तमु ह्युल छोंज धि गुरूङ राष्ट्रिय परिषद् तनहुँले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरूङले नेपालमै बसेर भविष्य खोज्न र नेपालको प्रगतिमा सहभागी हुन आह्वान गरे ।
नेपालमा केही हुँदैन भन्ने भाष्य चिरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै मन्त्री गुरूङले भविष्य बनाउन विदेश जानुपर्छ भन्ने सोच त्याग्न आग्रह गरे । उनले भने, “भविष्य बनाउनका लागि विदेश नै जानुपर्छ भन्ने मानसिकता गहिरो रूपमा बसिसकेको छ । त्यस्ता मानसिकता त्यागेर नेपालमै केही गर्न सकिन्छ भन्ने सोच राख्नुपर्छ ।”
सक्षम र दक्ष जनशक्ति उत्पादनमा राज्यले ठूलो लगानी गरेकाले त्यस्ता नागरिक स्वदेशमै बसेर केही गर्नुपर्नेमा उनको जोड थियो । संविधानले जनजातिलाई अधिकार दिएकाले जनजातिका छोराछोरी उच्च तहमा पुग्न सकेको मन्त्री गुरूङले बताए ।
मन्त्री गुरूङले शास्त्र र परम्परा हराए भाषा हराउने र भाषा हराए जात नै लोप हुने भएकाले भाषा र संस्कृतिको संरक्षणमा अग्रसर हुनुपर्ने बताए । भाषा, संस्कृति, परम्परा संरक्षण गर्ने कार्यमा हरेक जातजाति आफैँ अग्रसर हुनुपर्ने उनको भनाइ थियो ।
गण्डकी प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले प्रदेश सरकार सबै जातजातिको संरक्षणका लागि क्रियाशील रहने बताए । व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले चाडपर्वले जातीय सद्भाव कायम राख्न सहयोग पुग्ने उल्लेख गरे । रासस

विकास सहयोगको भविष्यका लागि स्वतन्त्र आयोगको घोषणा कार्यक्रममा प्रधानमन्त्रीको सम्…

युवाहरू उद्यमशीलता र सीप विकासमार्फत राष्ट्र निर्माणको अग्रपङ्क्तिमा उभिनुपर्छ: उ…

बाँकेका अहमदको परिवारलाई ५ लाख क्षतिपुर्ति दिने सरकारको निर्णय, यी हुन् अन्य …

युवाहरुले देशभित्रै केही गर्ने दृढ आत्मविश्वास जगाउनु पर्छः श्रममन्त्री भण्डारी

प्रत्येक असार १५ गते राष्ट्रिय चलचित्र दिवस मनाइने (मन्त्रीपरिषदका निर्णयहरू)

स्पेनका नरेशद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी

अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारमा प्रधानमन्त्री ओलीको जोड

प्रतिक्रिया