आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रमुख निर्वाचन आयुक्तका नजरमा जिमी कार्टर

फाइल फोटो

नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग पु-याउँदै आएको कार्टर सेन्टरका संस्थापक जिमी कार्टरको निधन भएको छ । प्रजातन्त्र, मानवअधिकार र शान्तिका लागि जिमी कार्टरले जीवनपर्यन्त गरेका कार्यहरूको विश्व समुदायबाट स्मरण गरिएको छ ।

संविधानसभाका दुवै निर्वाचनमा स्वयम् उपस्थित भएर उनले निर्वाचन पर्यवेक्षण गरेका थिए । कार्टर सेन्टरले नेपालको लोकतन्त्र र निर्वाचन प्रक्रियामा सहयोग गरेको थियो ।

निर्वाचन र लोकतन्त्रको आधुनिकीकरणको प्रमुख श्रेय कार्टरलाई दिन सकिने प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया बताउँछन् । कार्टर सेन्टरले संविधानसभाका दुवै निर्वाचन र विसं २०७४ को निर्वाचनमा निर्वाचन आयोगलाई सहयोग गरेको थियो । कार्टर सेन्टरले निर्वाचनका लागि आवश्यक प्रविधि, कानुनी र नीतिगत व्यवस्था तथा निर्वाचन पर्यवेक्षणको मापदण्ड बनाउने गरेको उनले बताए ।

प्रमुख आयुक्त थपलियाले भने, “कार्टर सेन्टरले संसारभर लोकतन्त्र र निर्वाचनप्रतिको विश्वास अभिवृद्धि गर्ने, समग्र निर्वाचन प्रणालीका असल अभ्यासलाई प्रत्येक देशका निर्वाचन व्यवस्थापन निकायले अनुसरण गर्ने, निर्वाचनलाई पहुँचयोग्य (मताधिकार सुनिश्चित गर्ने) बनाउने र निर्वाचनको माध्यमबाट अन्तर्राष्ट्रिय भाइचारा अभिवृद्धिमा सहयोग पुर्याउँदै आएको छ ।”

पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले कार्टरलाई लोकतन्त्र र प्रजातन्त्रको पिताभन्दा फरक नपर्ने बताए । उनले मानवअधिकार, शिक्षा र प्रजातन्त्रको सन्दर्भमा पनि विश्व समुदायमाझ कार्टरको ठूलो योगदान रहेको उल्लेख गरे ।

“अमेरिकाको मात्रै नभई संसारभरको लोकतन्त्र सुदृढीकरणमा कार्टरको योगदान थियो”, उनले भने ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतीले संविधानसभाका दुवै निर्वाचनको पर्यवेक्षणका सन्दर्भमा कार्टर नेपाल आउनुभएको स्मरण गरे । “विश्व र नेपालका लागि उहाँ प्रजातन्त्रको प्रतिनिधि, पुजारी र गुरु हुनुहुन्थ्यो”, उनले भने, “लोकतान्त्रिक र प्रजातन्त्रिक प्रक्रियामा पालना गर्नुपर्ने विधि, प्रक्रिया र पद्धतिका लागि पवित्र भएर लाग्न जिमी कार्टरको प्रेरणालाई व्यवहारमा प्रयोग गर्न सकियो भने उनप्रति सम्मान गरेको ठहर्छ ।”

अमेरिकाको ३९औँ राष्ट्रपति कार्टरको एक सय वर्षको उमेरमा निधन भएको हो । उनले आफ्नो जीवनलाई विश्वव्यापी मानवतावादीका रूपमा परिभाषित गरेका थिए । शान्ति स्थापना, नागरिक र मानवअधिकारलाई अगाडि बढाउन, स्वतन्त्र र निष्पक्ष चुनावलाई बढावा दिने कार्यमा विश्व समुदायबाट कार्टरको भूमिकाबारे प्रशंसा हुँदै आएको छ ।

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

नेपालका लागि केन्याका राजदूत मून्यीरीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग नेपालका लागि जापानी राजदूतको शिष्टाचार भेट

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

मन्त्री यादव र नेपालका लागि जापानका राजदूत तोरुबीच भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री डा देउवा र भारतीय विदेशमन्त्रीबीच द्विपक्षीय भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री र मल्दोभाका उपप्रधानमन्त्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रहेका सात नेपालीलाई मुक्त गर्न माग

परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता :युक्रेनी सेनाको कब्जामा रह…

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

परराष्ट्रमन्त्री डा राणा नयाँ दिल्लीमा, भारतीय विदेशमन्त्रीसँग भेट्ने

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिनको रिहाइका लागि आग्रह