भोलि बस्ने भाकामै सकियो कार्यदल बैठक
काठमाडौँ : सत्तारुढ एमाले कार्यदल बैठक कुनै निष्कर्षबिना सकिएको छ । बैठकमा सहभागी वरिष्ठ नेता माधवकुमार नेपाल समूहका कार्यदल सदस्य सुरेन्द्र पाण्डेले छलफल सकारात्मक रहेको र भोलि बस्नेगरी बैठक टुंगिएको जानकारी दिए । ‘आज विषय प्रवेश भयो । छलफल सकारात्मक छ । कुनै निर्णय भइसकेको छैन । भोलि बस्नेगरी बैठक टुंगियो,’ पाण्डेले इकागजसँग भने ।
यसअघि विवादबारे प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले विवादबारे संयुक्त वक्तव्य जारी गर्ने चर्चा थियो । तर, त्यस विषयमा कार्यदल बैठकमा कुनै सहमति नभएको नेता रघुजी पन्तले बताए । ‘संयुक्त वक्तव्यबारे कुनै कुरा उठेन,’ पन्तले बैठकपछि सञ्चारकर्मीहरूसँग भने ।
राष्ट्रिय सभा सदस्य निर्वाचनपछि विघटन गरिएको कार्यदल हिजो ब्युँताइएको थियो । ब्युतिएपछि हिजो बैठक बसेको थियो । आजको बैठक दोस्रो भए पनि विषयमात्रै प्रवेश भएको र बैठक सकारात्मक भएको नेता पाण्डेले बताए ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया