कुलुङ जातिले मनाए चाक्चाकुर पर्व

धरान (सुनसरी)- कुलुङ जातिहरूले आफ्नो महान् पर्वको रुपमा लिने चाक्चाकुर आज यहाँका कुलुङहरुले भव्यताका साथ मनाएका छन् । धरान उपमहानगरपालिका–५ देवीगाउँमा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले चाक्चाकुर विशेष कार्यक्रमको उद्घाटन गरेका थिए ।
उनले आफ्नो संस्कार संस्कृति जोगाइ राख्नु सबैको दायित्व रहेको बताउनुभयो । प्रत्येक वर्षको पुस १५ मा कुलुङ समुदायले चाक्चाकुरलाई भव्यरुपमा मनाउने गरेका छन् । चाक्चाकुरका बेला गाउँभरिका मानिस भेला भएर ढोल र झ्याम्टाको साथमा नाचगान, मनोरञ्जनात्मक कार्यक्रमका मनाइने नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान सङ्घ सुनसरीका अध्यक्ष मानुमध्वज कुलुङले बताए ।
चाक्चाकुर पर्व कुलुङ जातिको बाहुल्यता रहेको भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु, इलाम, धनकुटा तेह्रथुमलगायतका जिल्लामा मनाउने गरिन्छ । नयाँ वर्षमा सह होस् र अनिकाल नलागोस् भनेर पितृ र प्रकृतिलाई पूजाआजा गरी यस पर्व मनाउने गरिएको अध्यक्ष कुलुङले बताए । यस पर्व कुलुङ समुदायको बाहुल्यता भएको गाउँहरूमा एक महिनासम्म मनाउने गरिन्छ । –रासस

हलेसीमा रामनवमी मेला

फागुनमा पाथीभराबाट १३ लाख बढी भेटी संकलन

सभ्य बन्दै होली : अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

प्रेम र यौनको प्रतीकका रूपमा भक्तपुरमा होली पर्व

सभ्य बन्दै होली: अनुमति विना रङ दलिदिने र पानी खन्याइदिने दृश्य बिरलै

होलीमय मिथिला

पहाडी क्षेत्रमा आज फागुपर्व मनाइँदै

प्रतिक्रिया