‘सके सहमति नभए पद्धतिबाट नेतृत्व लिनुपर्छ’
विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजयकुमार गच्छदारले पार्टीको नेतृत्व सके सहमति नभए पद्धति अपनाएर लिनुपर्ने बताएका छन्।
कांग्रेस मोरङद्वारा मंगलबार आयोजित ‘नेपाली कांग्रेस राष्ट्रिय एकता तथा मेलमिलाप दिवस एवं नेपाली कांग्रेस १०० दिने विशेष अभियान’ समापन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
नेपाली कांग्रेसलाई बलियो बनाउन कार्यकर्ता गुटउपगुटमा बाँडिन नहुने उनको भनाइ थियो।
लोकतन्त्रको सुदृढीकरण तथा संस्थागत विकास गर्न कांग्रेस बलियो हुनुपर्ने धारणा राख्दै उनले भने, ‘नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीचको गठबन्धनले निरन्तरता पाउनुपर्छ।’
नेता गच्छदारले मुलुकमा राजनीतिक स्थिरता कायम गरी समृद्धि हासिल गर्न गठबन्धन अपरिहार्य छ भन्दै बीपी कोइरालाले अपनाएको राष्ट्रिय एकता र मेल मिलापको नीति अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए।
युगद्रष्टा बीपी कोइरालाले ४८ वर्षअघि लिएको नीतिकै आधारमा कांग्रेस र नेकपा (एमाले) ले मिलेर ठूलठूला आन्दोलनलाई सफल पारेको इतिहास स्मरण गर्दै गच्छदारले भने, ‘विगतमा कांग्रेसको नेतृत्वको सरकारले विकास र समृद्धिको आधार खडा गरेको स्मरण गराए।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया