सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

गैरसरकारी संस्थामा काम गर्ने अफगानी महिलामाथिको प्रतिबन्ध हटाउन राष्ट्र संघको आग्रह

जेनेभा- संयुक्त राष्ट्र मानव अधिकार प्रमुख भोल्कर टर्कले मङ्गलबार अफगानिस्तानको तालिबान अधिकारीहरूले गैरसरकारी संस्थाहरूमा काम गर्ने अफगानी महिलाहरूमाथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन् ।

टर्कले भने,“अफगानिस्तानका अधिकारीहरूले भर्खरै गरेको घोषणाबाट म गहिरो चिन्तित छु कि एनजीओहरूले अफगान महिलाहरूलाई काम गर्न जारी राखेमा उनीहरूको इजाजतपत्र खारेज हुनेछ । यो वास्तवमै गलत दृष्टिकोण हो । स्वदेशी तथा विदेशी गैरसरकारी संस्थामा महिला कर्मचारीको काम रोक्न फलोअप सर्कुलर जारी गरिएको छ ।” 

आइतबार अफगान राहत र विकासको लागि एजेन्सी समन्वय निकाय (एसिबीएआर)ले मन्त्रालयसँग भेटेर स्वास्थ्य र शिक्षामा महिला कर्मचारीलाई छुट दिने र अनलाइनमा काम गर्नेहरूले सामान्य रूपमा काम गर्न सक्ने बताएको थियो ।

टर्कले थपे,“अफगानिस्तानमा मानवीय अवस्था नाजुक छ । आधा भन्दा बढी जनसङ्ख्या गरिबीमा बाँचिरहेका छन् । गैरसरकारी संस्थाहरूले अफगान महिला, पुरुष, केटाकेटीहरूलाई जीवन बचाउने सहायता प्रदान गर्न महत्त्वपूर्ण भूमिका खेल्छन् ।” (एएफपी)

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता