एकै दिन ३३ फरार प्रतिवादी पक्राउ

रौतहट- रौतहटस्थित प्रहरीले एकैदिनमा ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ भने लाखौं मुख्य बराबरको अबैध भारतीय सामान बरामद गरेको छ ।
फैसला कार्यन्वय अन्तर्गत जिल्ला अदालत रौतहटबाट दण्ड जरिवाना रोकिएर लामो समयदेखि फरार रहेका ३२ जना प्रतिवादीलाई मंगलबार एकै दिनमा प्रहरीले पक्राउ गरेको हो ।
सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना केही अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना, गाली बेइजत्तिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायले बताएका छन् ।
पक्राउ परेका सबै जनालाई फैसला कार्वान्यनको लागि जिल्ला अदालत रौतहटमा मंगलबार उपस्थित गराइएको प्रवक्ता रायले जानकारी दिएका छन् । उनीहरूबाट जरिवाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय गौर तथा मातहतको युनिटका गस्ती टोलीले १ थान ई रिक्सा चालकसहित लाखौं मूल्य बराबरको विभिन्न किसिमका अवैध भारतीय सामान बरामद गरेको छ ।
भारतीय बजारबाट ४ लाख १८ हजार १४० रुपैयाँ बराबरको अवैध रुपमा ल्याउँदै गरेको चिनी, मैदा, जुत्ता चप्पल, युरिया मलसहित मधेश प्रदेश ३००१ ह नम्बरको ई रिक्सा, र चालक विधिचन सहनीलाई पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी दिलीप घिमिरेको निर्देशनमा जिल्लामा फरार प्रतिवादी पक्राउ अभियान चलाउनुका साथै तस्करी नियन्त्रणमा कडाई गरिएको छ ।

रोकिएन हात्तीको विध्वंश

लहानका अधिकांश पसल बिनादर्ता सञ्चालन

सार्वजनिक जग्गा अतिक्रमण गरे पाँच लाखसम्म जरिवाना

भारत–पाकिस्तान युद्ध : नेपाल-भारत सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइँदै

जागिरको प्रलोभन दिएर भारत लैजान लागेको दुई युवती पक्राउ

४४३ बोतल अनरेक्स नामक लागूऔषधसहित दुई जना पक्राउ

वडाध्यक्ष राउतको 'फटाहा' टीप्पणीप्रति सामुदायिक वन उपभोक्ता महासंघको आपत्ति

प्रतिक्रिया