दिपल इभी अब ४.९९ प्रतिशत निश्चित ब्याजदरमै खरिद गर्न सकिने

दीपलको आधिकारीक बिक्रेता एमएडब्लू वृद्धिले दीपलका गाडीमा नयाँ वर्ष स्कीम ल्याएको छ । कम्पनीले ल्याएको न्यू इयर स्कीममा ४.९९ प्रतिशत निश्चित ब्याजदरमै गाडी किन्न कर्जा सुविधा उपलब्ध हुने भएको हो ।
इन्भेस्टमेन्ट मेगा बैंकसँगको सहकार्यमा ल्याएको यस स्कीमले दीपलका मोर्डन डिजाइनमा तयार भएका गाडी किन्न सहज हुने कम्पनीले विश्वास लिएको छ ।
नयाँ वर्ष २०२५ को अवसर पारेर ल्याएको ‘न्यु इयर, न्यु दिपल’ योजनामा गाडी किन्ने ग्राहकले निकै कम ब्याजदरको फाइदा पाउने छन् । यस योजनामा ग्राहकले ४.९९ प्रतिशत निश्चित ब्याजदर बाहेक पनि थुप्रै सुविधा पाउने छन् ।
कम्पनीले निःशुल्क एसेसोरिज, निःशुल्क रोड ट्याक्स, निःशुल्क अटो प्लस इन्स्योरेन्स प्रदान गर्ने जनाएको छ । साथै, पुराना गाडी ल्याएर नयाँ दीपलका गाडी सट्टापट्टा गर्दा उत्कृष्ट एक्सचेन्ज भ्यालु पाउने कम्पनीको भनाइ छ ।
दीपलले बिक्री गर्दै आएको एस-०७ र एल-०७ मा १५ भन्दा बढी सेग्मेन्ट फस्ट फिचरहरु छन् । जसले दीपिल ईभीलाई बजारकै सबैभन्दा बढी रुचाइएको मोडल बनाएको छ ।
यसमा सनफ्लावर टचस्क्रिन, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, जेस्चर कन्ट्रोल जस्ता हालसम्म कुनै पनि कारमा नभएका फिचरहरु छन् । दीपलको क्रान्तिकारी डिजाइन र अत्याधुनिक प्रविधिका कारण यसले नेपाली बजारमा ७ सय यूनिटको आयात आँकडा भेट्टाएको हो ।

इन्डोनेसियामा सेरेस थ्रीले जित्यो तीन वटा उत्कृष्ट ईभी अवार्ड

२०२७ सम्ममा निसानले प्लान्टहरू बन्द गर्ने, २० हजार रोजगारी कटौती गर्ने

रिड्डारा आरडी सिक्स इभी पिकअपद्वारा नेपालमा एक्सचेन्ज योजना सार्वजनिक
_CpoRN34Zy7_smd1ss7xujbqreyejscevazyx5tvcayyd49lhnwxtxw64qbk9pwfmiedyijb_2DWqSzoY85_uptgufmpa6ukeunpy5b2d2s80pp1ugubrwtcb3ls5ghjpzyddnwev4pplsbe.jpg)
चर्चामा हुवावेको आइटो एमएट : सार्वजनिक हुनुअघि नै १ लाख गाडी अर्डर

हुन्डाई नेपालद्वारा ईटहरी र विराटनगरमा क्रेटा इभी सार्वजनिक तथा अन्तरक्रिया का…
_YhaacIz452_m0ddh3yoapm6y2xh18otsf1vioj0jf7z24nznpi4duefcqnhufbnvzfy3mqa_w9wGl3FyBX_wewtksp7u16kuzdohlxavd9fteubzvcpbrrnrotg61kdcq6vmvuonlywdsak.jpg)
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ को बुकिङ खुल्ला

शीर्ष फोटोग्राफीहरू बजाज ग्राण्ड कर्निभल २०८२ मा प्रदर्शन हुने
_SV1nQtqBgg_kgfbqjmx8kfuowoqclaogyulessyaoswbg4jlewsgexg9sdlnkezxwg57tfw_ZGD5MKcops_1eopool4kpk4egmpgpi6ehbrw1zvl8qjmanvtuiudilo80msbigm9zrbto3r.png)
प्रतिक्रिया