सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

नयाँ वर्षसँगै स्वीजरल्याण्डमा बुर्का लगाउन प्रतिबन्ध

फाइल तस्बिर

जेनेभा- नयाँ वर्षसँगै स्विट्जरल्याण्डमा सार्वजनिक स्थलमा हिजाब, बुर्का वा अन्य कुनै पनि माध्यमले अनुहार छोप्न प्रतिबन्ध लागेको छ ।

अन्तराष्ट्रिय सञ्चारमाध्यमका अखनुसार हिजाब र बुर्का लगाएरमा १००० स्विस फ्र्याङ्क अर्थात् करिब १ लाख ५३ हजार रुपैयाँसम्म जरिवाना तिर्नु पर्ने हुन्छ ।

सन् २०२१ मा स्विजरल्याण्डमा भएको जनमत संग्रहमा ५१.२१ प्रतिशत नागरिकले बुर्कामाथि प्रतिबन्ध लगाउने पक्षमा मतदान गरेका थिए । यसपछि बुर्कामाथि प्रतिबन्ध लगाउने कानुन बनेको हो, जुन १ जनवरी २०२५ बाट लागु भएको छ ।

स्विट्जरल्याण्ड भन्दा पहिले बेल्जियम, फ्रान्स, डेनमार्क, अस्ट्रिया, नेदरल्याण्ड र बुल्गेरियामा पनि यस सम्बन्धमा कानुन बनिसकेको छ । यो कानुन लागेपछि सार्वजनिक कार्यालय, सार्वजनिक यातायात, रेष्टुरेन्ट, पसललगायत सार्वजनिक स्थानमा महिलाले अनुहार पूरै ढाक्न पाउने छैनन् ।

सन २०२२ मा स्विस संसदको तल्लो सदन राष्ट्रिय काउन्सिलले अनुहार छोप्न प्रतिबन्ध लगाउने कानूनमा मतदान गरेको थियो। यस समयमा १ सय ५१ सदस्यले पक्षमा र २९ सदस्यले विपक्षमा मतदान गरेका थिए । त्यसपछि यस सम्बन्धमा कानुन बन्न सहज भएको थियो ।

यो प्रस्ताव दक्षिणपन्थी स्विस पिपुल्स पार्टी (एसपीपी) ले राखेको थियो, जबकि केन्द्र र ग्रीन पार्टीहरू यसको विरोधमा रहेका थिए। कतिपयले यो कानुनले मुस्लिम महिलालाई अनुचित रूपमा लक्षित गरेको बताएका छन् । यस कानूनलाई समर्थन गर्नेहरूले यो सार्वजनिक स्थानहरूमा सांस्कृतिक मूल्य र सुरक्षाको लागि आवश्यक कदम भएको दाबी गर्छन्।

लुसर्न युनिभर्सिटीले २०२१ मा गरेको अनुसन्धान अनुसार स्विट्जरल्यान्डमा सायदै कसैले बुर्का लगाउँछन्। सन २०२१ मा जम्मा ३० जना महिलाले मात्र हिजाब वा वुर्का लगाएको भेटिएको थियो । सन २०२१ को अनुसार स्विट्जरल्याण्डको ८.६ मिलियन जनसंख्याको लगभग ५ प्रतिशत मात्र मुस्लिमको आबादी रहेको छ, जसमध्ये अधिकांश टर्की, बोस्निया र कोसोभोबाट आप्रावासीको रूपमा स्वीजरल्याण्ड आएका थिए ।

यसअघि सन् २००९ मा जनमत संग्रहबाट मिनार निर्माणमा प्रतिबन्ध लगाइएको थियो । यो प्रस्ताव पनि एसपीपी पार्टीले राखेको थियो। यस प्रस्तावमा भनिएको थियो कि यी मीनारहरू इस्लामीकरणको संकेत हो।

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता