सहकारीको रकम अपचलन मुद्दा : आजबाट जाहेरवालाका अधिवक्ताको बयान
पोखरा- सूर्यदर्शन सहकारी ठगी मुद्दामा आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बयान सुरू हुने भएको छ ।
हिजोसम्म सो मुद्दामा थुनछेक बहस भएको र सो सकिएकाले आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बहस सुरू हुन लागेको हो ।
कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईको इजलासमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितको मुद्दामा बहस भइरहेको छ ।
हिजो सरकारी वकिलका तर्फबाट न्यायाधिवक्ता कमला काफ्ले, सहायक न्यायाधिवक्ता शान्तिदेवी शर्मा, विपिनराज तिवारी, उपन्यायाधिवक्ता प्रकाश गौतम र नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, सहायक न्यायाधिवक्ता सुजता पौडेलले बहस गरेका थिए ।
सरकारी वकिल कार्यालयका न्यायाधिवक्ताहरूको बहस सकिएपछि आजबाट जाहेरीवाला तर्फका अधिवक्ताहरूको बहस हुन लागेको कास्की अदालतका स्रेस्तेदार राजन खनालले जानकारी दिए ।

चन्दा सङ्कलन गरी २७ किलोमिटर पदमार्ग निर्माण

९ किलोमिटर सडक कालोपत्र

नौ सय घरमा खानेपानी सुविधा
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_wbyoDIpqDY_5mvcdpof0hgzev6u5ystd2ydg55gudshvihxmihitfp3ruaxk5fjjw7qjdam.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

प्रतिक्रिया