सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

युक्रेनले बाटो नदिँदा युरोप जाने रुसी ग्यास बन्द, स्लोभाकिया, माल्दोभा र हंगेरीले अब के गर्छन् ?

किभ- रुसको सरकारी स्वामित्वको कम्पनी ग्याजप्रोम र युक्रेनबीच पाइप लाइनमार्फत युरोपेली मुलुकमा ग्यास पठाउने सम्झौता अहिले रद्द गरिएको छ ।

योसँगै रुस र युक्रेनबीचको अन्तिम बाँकी रहेको व्यापार तथा राजनीतिक सम्झौता पनि अब समाप्त भएको छ ।

सम्झौता भङ्ग भएपछि अहिले युरोपका धेरै देशमा रुसी प्राकृतिक ग्यासको निर्यात रोकिएको छ । रुसी कम्पनी ग्याजप्रोमले ट्रान्जिट सम्झौता अन्तर्गत युद्धका बेला पनि स्लोभाकिया, माल्दोभा र हंगेरीलगायत धेरै देशमा प्राकृतिक ग्यास पठाउने गरेको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले एक विज्ञप्तिमा भनेका छन्, ‘हामीले रुसी ग्यासको पारवहन रोकेका छौं। यो ऐतिहासिक घटना हो । रूसले आफ्नो बजार गुमाउँदैछ, यसले आर्थिक नोक्सान बेहोर्नेछ ।’

युरोपेली देशहरूमा ग्यास पठाउने पारवहन सम्झौता सन्‌ २०१९ मा सुरु भएको थियो, जो ३१ डिसेम्बर २०२४ मा समाप्त हुनेवाला थियो । युक्रेनले यो सम्झौता नवीकरण गर्न अस्वीकार गरेपछि युरोपमा रूसी ग्यास निर्यात अवरूद्ध भएको छ । 

स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिको र हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले केही सातादेखि युक्रेनलाई पारवहन सम्झौता रद्द नगर्न मनाउन प्रयास गरिरहेका थिए । युक्रेनले सम्झौता नविकरण नगरिदिएपछि उनीहरूको प्रयास असफल साबित भएको छ । यी दुवै युरोपेली नेता पुटिनको समर्थक मानिन्छन् ।

ग्यास नपाउने डरले रोबर्ट फिको गत हप्ता रूसी राष्ट्रपति भ्लादिमर पुटिनलाई भेट्न मस्को पुगेका थिए । उनले युक्रेनले पारवहन सम्झौता नवीकरण नगरे स्लोभाकियाले युक्रेनलाई विद्युत् आपूर्ति बन्द गर्ने बताएका थिए । तर, यस धम्कीमा युक्रेनले आफूहरू यसबाट चिन्तित नभएको बताएको थियो ।

युक्रेनका ऊर्जा मन्त्री जर्मन गालुसेन्कोले भने कि यदि स्लोभाकियाले त्यसो गरे युक्रेनले रोमानिया र पोल्याण्डबाट बिजुली आयात गरेर क्षतिपूर्ति दिने तयारीमा रहेको छ।

उता माल्दोभाको अवस्था सबैभन्दा गम्भीर छ। यो युक्रेनसँगको सिमानाबाट काटिएको र रुस समर्थित पृथकतावादीहरूसँग लडिरहेको देश हो। ट्रान्जिट सम्झौता रद्द हुने डरका कारण डिसेम्बरको सुरुमा माल्दोभामा ६० दिने आपतकाल लगाइएको छ ।

माल्दोभा जस्तै स्लोभाकिया र हंगेरीले त्यति धेरै समस्याहरूको सामना गर्दैनन् किनभने यी देशहरूले अझै पनि ब्ल्याक सीमा बिछ्याइएको टर्कस्ट्रीम पाइपलाइनबाट रूसी ग्यास खरिद गरिरहेका छन् ।

रुसी ग्यास आपूर्ति ६० वर्षपछि बन्द भएको हो । रूसले युक्रेनमा हजारौं किलोमिटरसम्म लामो भूमिगत पाइपलाइनहरू बिछ्याइएको छ । यी सोभियत युगमा राखिएको थियो। करिब ६० वर्षदेखि यी पाइपहरूको सहायताले प्रत्येक वर्ष करिब १५० अर्ब घनमिटर रुसी प्राकृतिक ग्यास पश्चिम युरोपमा पठाइने गरिन्थ्यो । 

रुस–युक्रेन युद्ध सुरु भएपछि युरोपेली संघका देशहरूले रुसी जीवाश्म इन्धनमाथिको निर्भरता घटाएका छन् । यही बेला रूसले यी पाइपलाइनहरूमार्फत ४० बीसीएम ग्यास आपूर्ति घटाएको छ । सन्‌ २०२३ मा यो आपूर्ति झन्डै १५ बिसिएममा घटेको थियो, जुन अहिले शून्यमा पुगेको छ ।

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता