सोमबार १२ साउन, २०८२
Monday, July 28, 2025

अदालतमै गरे अमेरिकन न्यायाधीशले आत्महत्या

काठमाडौँ- अदालतमै न्यायाधीशले आत्महत्या गरेपछि हलचल मच्चिएको छ । यो नराम्रो खबर जर्जियाबाट आएको हो । 

एक ७४ वर्षीय न्यायाधीश स्टेफेन येकेललाई अदालतका कर्मचारीले मृत अवस्थामा फेला पारेका थिए । इफिंगम काउन्टी राज्य अदालतभित्र लगभग १० बजे भेटिएको थियो ।

येकेलले गभर्नरलाई पत्र लेखेर पदबाट राजीनामा दिन खोजेको अनुसन्धानबाट खुलेको छ । पत्रमा येकेलले डिसेम्बर ३० देखि लागू हुने गरी राजीनामा दिने तयारी गरेका थिए ।

मृत फेला परेका न्यायाधीश येकेललाई सन्‌२०२२ मा राज्य अदालतमा नियुक्त गरिएको थियो। प्राप्त जानकारी अनुसार उनले भर्खरै आफ्नो पदबाट राजीनामा दिने प्रयास गरेका थिए तर जर्जियाका गभर्नर ब्रायन केम्पले सो प्रस्ताव अस्वीकार गरेका थिए ।

यसैबीच उनी मंगलबार बिहान करिब १० बजे इफिङ्घम काउन्टी स्टेट कोर्टहाउसमा मृत फेला परे । सोमबार राति वा मंगलबार बिहान उनको मृत्यु भएको हुन सक्ने अनुसन्धानकर्ताले अनुमान गरेका छन् ।

वर्षको यो समय खुसीको समय मानिन्छ तर अहिले उनका परिवारले यो खुसी देख्न पाएनन् । ‘म कल्पना गर्न सक्दिन, यदि उनीहरूलाई हामीबाट केही आवश्यक थियो भने हामी उपलब्ध हुने नै थियौं तर अप्रिय निर्णय भयो,’ उनका छोराले भने ।

यो जानकारी पनि प्रारम्भिक अनुसन्धानमा बाहिर आएको छ कि स्टीफेनले अदालतको कर्मचारी लिसा क्रफोर्डको मुद्दा पनि सामना गरिरहेकी थिए, जसले येकेललाई गलत तरिकाले आफ्नो पदबाट बर्खास्त गरेको दाबी गरिएको थियो । येकेलले पदभार ग्रहण गर्दा आफ्नै कर्मचारी ल्याउने गरी कर्मचारीलाई पदबाट हटाएको आरोप लागेको थियो । सायद यो घटनाले उनलाई चोट पुर्‍याएको हुन सक्छ भन्ने प्रारम्भिक अनुमान गरिएको छ । यद्दपी, अनुसन्धान जारी छ ।

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

कम्बोडियामा मानवबेचबिखन गराउने ३ हजार ७५ जना पक्राउ

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्वागत

गाजामा राहत सामग्रीको पहुँचलाई लिएर इजरायलको निर्णयमा संयुक्त राष्ट्रसंघको स्व…

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा गर्ने प्रयास

विद्रोहको वार्षिकोत्सवअघि अज्ञात समूहद्वारा बङ्गलादेश अवामी लिगको मुख्यालय कब्जा…

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

टर्कीको चौथो ठूलो सहरमा आगलागीको खतरा, स्थानीयलाई सुरक्षित स्थानमा सारियो

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

भोकमरीको चिन्ता बढेपछि इजरायली सेनाले गाजाका तीन क्षेत्रमा लडाइँ रोक्ने

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

कंगोको उत्तरपूर्वी क्षेत्रमा विद्रोही आक्रमण, कम्तीमा ३५ जनाको मृत्यु

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म गयो ६२ को ज्यान

थाइल्याण्ड-कम्बोडियालाई भिडन्तमा शिव मन्दिर विवादको १०० वर्षको संघर्ष, अहिलेसम्म…

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता

गतवर्ष मात्रै २ लाख ६ हजार बढी भारतीयले त्यागे नागरिकता