प्रदेश लिग फुटबल : ललितपुर र चित्लाङ आमनेसामने
बागमती- बागमती प्रदेश लिग फुटबल प्रतियोगिताअन्तर्गत आज ललितपुर फुटबल क्लब र काठमाडौँको चित्लाङ फुटबल क्लबबीच सेमिफाइनल खेल हुने छ । यो खेलको विजेता टोलीले उपाधिका लागि दोलखाको टाइगर टिम तिखातालसँग खेल्ने छ ।
यसअघि बुधबार हेटौँडा–५ स्थित पिप्ले–क्याम्पा रङ्गशालामा भएको पहिलो सेमीफाइनलमा दोलखाको टाइगर टिम तिखातालले सिन्धुलीको ब्लू अल्पाइन क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो । खेलको पहिलो हाफको ३१औँ मिनेटमा दोलखाका लागि मिलन श्रेष्ठले गोल गरेका थिए ।
खेलको दोस्रो हाफको ५६औँ मिनेटमा सिन्धुलीका तर्फबाट सञ्जीव धामीले गोल फर्काउँदै खेललाई समान एक गोलको बराबरीमा पुर्याएका थिए । प्रतियोगिता प्रारम्भ भएको ६४औँ मिनेटमा दोलखाका शम्भुजन श्रेष्ठले अर्को गोल गर्दै आफ्नो आफ्नो टोलीलाई विजयी बनाए ।
उक्त खेलका ‘म्यान अफ द म्याच’ दोलखाका उत्तम खत्री बने । प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।
प्रतियोगितामा ११ जिल्लाका लिग विजेता टोली सहभागी छन्भने उपाधि जित्ने टोलीले रु दुई लाख नगदसहित शिल्ड, पदक र प्रमाणपत्र तथा उपविजेताले रु एक लाख शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
चितवनमा ‘परियार समुदायको सङ्ग्रहालय’ निर्माण गरिने

पाँचखालवासीलाई निःशुल्क रगत

करेन्ट लागेर एकै परिवारका तीन जना घाइते

१०७४ किलो गाँजासहित चार जना पक्राउ

निः शुल्क वितरण गरिएका बिरुवाको अनुगमन गर्दै वन कार्यालय

ट्रक दुर्घटनामा चालकको मृत्यु, सहचालक घाइते

जुगलमा नमुना युवा गाउँसभा

प्रतिक्रिया