एलिट कपः सन्दीपको कप्तानीमा बागमतीको टोली घोषणा

काठमाडौँ- ‘जय ट्रफी मेन्स एलिट कप–२०८१’ का लागि बागमती प्रदेशको टोली घोषणा गरिएको छ । बागमती प्रदेश क्रिकेट सङ्घले आज सन्दीप लामिछानेको कप्तानीमा १५ सदस्यीय अन्तिम टोली घोषणा गरेको हो ।
सन्दीपको कप्तानीमा रहेको टोलीमा सूर्य तामाङ, रिजन ढकाल, प्रतिश जिसी, उत्तम थापा मगर, आशुतोष घिरैया, रित गौतम रहेका छन् ।
साथै इशान पाण्डे, विपीन आचार्य, शुभ कंसाकार, रोशन विक, सूर्यांशु कोइराला, नन्दन यादव, प्रतिक श्रेष्ठ र तिलकराज भण्डारी पनि टोलीमा समेटिएका हुन् । नेपाल क्रिकेट सङ्घ (क्यान)को आयोजनामा जय ट्रफी मेन्स एलिट कप यही पुस २१ गतेदेखि माघ ३ गतेसम्म मधेश प्रदेशको जनकपुर र वीरगञ्जमा हुनेछ ।-रासस

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_kI8BQJUk2u_f5iougvdz2ajapzmb9srxp5uufzhf3gaswtgaag9c4oos4yc8npgmq50ch3z.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

रोहित पौडेलको नेतृत्वमा नेपाली टोलीले स्कटल्याण्डमा खेल्ने

बीसीसीआई समक्ष विराट कोहलीले भने- अब टेस्ट क्रिकेटबाट सन्यास लिन्छु

अष्ट्रेलियाका पूर्वक्रिकेटर म्याकगिल कोकिन मुद्दामा दोषी ठहर, तोकियो सजाय

प्रतिक्रिया