शनिबार ०७ असार, २०८२
Saturday, June 21, 2025

दोस्रो सेमिफाइनलमा आज राती इंगल्यान्ड र डेनमार्क खेल्दै

काठमाडौँ : युरो च्याम्पियनसिप २०२० फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इंगल्यान्ड र डेनमार्क खेल्दैछन् । खेल राती पौने १ बजे इंगल्यान्डको बेम्बली रंगशालामा हुनेछ । 

इंगल्यान्ड युक्रेनलाई हराउँदै सेमिफाइनल पुगेको हो भने डेनमार्कले कवार्टरफाइनलमा चेक रिपब्लिकलाई पन्छाएको हो । इंगल्यान्ड र डेनमार्कबीच अहिलेसम्म भएका पाँच खेलमध्ये तीन खेलमा इंगल्यान्ड विजयी भएको छ । 

एक खेल बराबरीमा टुंगिदा एक खेलमा डेनमार्क विजयी भएको छ । दोस्रो सेमिफाइनलको विजेताले फाइनलमा उपाधिका लागि इटालीसँग खेल्नेछ ।