दुई दिनदेखि भन्सार विभागको 'सिस्टम' नचल्दा सेवाग्राही मर्कामा

काठमाडौँ- भन्सार विभागको सिस्टम नचल्दा सेवाग्राहीले विदेशबाट आएका सामग्रीहरू दुई दिनदेखि पाएका छैनन् । डिल्लीबजारस्थित त्रिभुवन विमानस्थल भन्सार कार्यालय वैदेशिक हुलाक शाखामा पुगेका सेवाग्राहीले पार्सल नपाएको गुनासो गरेका छन् ।
विभागको सिष्टम नचल्दा विभिन्न मुलुकबाट आएका पार्सलहरू सेवाग्राहीले लिन नपाएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रवक्ता शान्तिराम निरौलाले इकागजलाई जानकारी दिए । भन्सार विभागको सिस्टम नचल्दा सबै क्षेत्रमा समस्या भइरहेको उनले बताए ।
उनका अनुसार तीनदेखि चार सय पार्सल कार्यालयमा रहेका छन् । सिस्टम चल्नसाथ यसको समाधान भइहाल्छन् ।
‘त्रिपुरेश्वर एरियामा नेट बिग्रेकाले पनि सिस्टममा समस्या आएको हुन सक्छ,’ उनले भने,’ विभागले निरन्तर सिस्टम बनाउन लागिरहेको छ ।‘
भन्सार विभागको सिस्टम नचल्दा मुलुकभर समस्या भएको प्रवक्ता निरौलाको भनाइ छ ।

चाँगुनारायणमा विदेशी पर्यटकः वार्षिक एक करोड १९ लाख आम्दानी

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

आजका लागि यस्तो छ विदेशी मुद्राको विनिमय दर

मौरीपालनबाट वार्षिक ६५ लाख आम्दानी

तीन म्युचुअल फण्डको नगद लाभांश घोषणा, ब्लुचिप फण्डको प्रतिफल सबैभन्दा उच्च

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेपालको प्रतिव्यक्ति आम्दानी वृद्धि हुँदा विश्व बैंकले ऋणको ब्याजदर ०.७५ प्रतिशत…

प्रतिक्रिया