आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

मधेश प्रदेश सभाको अधिवेशन आह्वान गर्न सिफारिस

फाइल फोटो

जनकपुरधाम- मधेश प्रदेश सरकारले प्रदेश सभाको चौथो अधिवेशन आह्वान गर्नका लागि मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष सिफारिस गरेको छ । 

मुख्यमन्त्री सतिशकुमार सिंहको अध्यक्षतामा सम्पन्न  मन्त्रीपरिषद् बैठकले यही पुस २३ गतेका लागि अधिवेशन आह्वान गर्नका लागि निर्णय गरेको जनाएको छ ।

बैठकले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम प्रदेशसभाको प्रथम अधिवेशन पुस २३ गते मंगलबार अपराह्न एक बजेका लागि आह्वान गर्न प्रदेश प्रमुख भण्डारी समक्ष सिफारिस गर्ने निर्णय भएको मुख्यमन्त्री सिंहले जानकारी दिए । 

सरकारको सिफारिसमा प्रदेश प्रमुखले प्रदेश सभाको बैठकका लागि नयाँ अधिवेशन आह्वान गर्ने संवैधानिक व्यवस्था रहेको छ । प्रदेशसभामा विपक्षी पार्टीले प्रदेशसभा बैठक बोलाउन माग गर्दै आएको छ ।