शनिबार २८ असार, २०८२
Saturday, July 12, 2025

भष्ट्राचारको फाइल खोज्ने विषयलाई धम्कीको विषय नबनाउन गगनको आग्रह

फाइल फाेटाे

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भष्ट्राचारको फाइल खोज्ने विषयलाई धम्कीको विषय बनाउन नहुने बताएका छन् । 

सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा उनले सत्तापक्ष र प्रतिपक्षीबीच भष्ट्राचारको फाइल खोल्ने विषयमा आरोप प्रत्यारोप भएको देखिएकाले यसलाई धम्कीको विषय बनाउन नहुने बताएका हुन् । 

उनले भष्ट्राचारका कुन कुन फाइल खोल्ने भन्ने विषयमा सहमति नै गरि अघि बढ्न शीर्ष नेताहरूलाई सुझाव दिए । फाइलको कुरा सुन्दा सुन्दा नागरिकहरू पनि आजित भइसकेको र उनीहरूमा नेताहरूप्रति नकारात्मक सोच उत्पन्न भएको उनले बताए । 

निर्दोष कोही पनि नपर्ने र दोषी नउम्कने गरि भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउन प्रमुख दल तयार हुनुपर्ने उनको भनाइ छ । 

थापाको धारणापछि माओवादी अध्यक्ष प्रचण्डले प्रमुख नेताहरू संगै बसेर समाधान निकाल्न उचित हुने बताए ।