राष्ट्रपति रनिङ शिल्ड : योङ हार्ट्स र इस्टपोल च्याम्पियन

काठमाडौं - गोकर्णेश्वर नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताअन्तर्गत करातेको उपाधि महिलातर्फ योङ हार्टस् बोर्डिङ स्कुल गोकर्णेश्वर–८ र पुरुषतर्फ इस्टपोल मावि गोकर्णेश्वर–५ ले जितेका छन् ।
महिलातर्फ योङ हार्टस्ले तीन स्वर्ण र एक कास्यसहित प्रथम भयो भने, एक स्वर्ण र एक कास्य पदकसहित सरस्वती मावि दोश्रो भयो । एक स्वर्ण र एक रजत जितेको बालसुधार मावि तेस्रो भयो । दोस्रो र तेस्रोको पदक बराबर हुँदा गोलाप्रथाद्वारा छनोट गरिएको थियो ।
त्यसैगरी पुरुषतर्फ एक स्वर्ण, एक रजत र एक कास्य पदकसहित इस्टपोल मावि प्रथम, एक स्वर्ण र एक कास्य पदकसहित योङ हार्टस् बोर्डिङ दोस्रो र एक स्वर्ण, एक कास्यसहित मनकामना मावि तेस्रो भयो ।
महिला र पुरुषतर्फ जम्मा ६/६ ‘इभेन्ट’मा भएको प्रतिस्पर्धामा गोकर्णेश्वर नगरपालिका भित्रका २० वटा विद्यालयका ९५ जना विद्यार्थीको सहभागिता रहेको थियो ।
विजयी खेलाडीलाई नगर खेलकुद बिकास समितिका अध्यक्ष सञ्जय लामा, सितोरियो कराते काठमाडौँका जिल्ला अध्यक्ष शिवराम रन्जितलगायतले मेडल तथा प्रमाणपत्र प्रदान गरे ।

फुटबल : हङकङसँग भिड्दै नेपाल

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

नेपालले आज नेदरल्याण्डसँग खेल्दै

१८ वर्षपछि बेंगलुरुले बन्यो आइपीएल विजेता

कञ्चनजंघा क्रिकेट प्रतियोगिताको उपाधि आयोजक टिमलाई
करणको उत्कृष्ट ब्याटिङले नेपालद्वारा स्कटल्याण्ड पराजित

नेपाली क्रिकेट टोली आज स्कटल्याण्डसँग भिड्दै

प्रतिक्रिया