आज देशभरको मौसम सफा रहने

काठमाडौँ- हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको तथा तराईका धेरै स्थानमा हुस्सु लागेको छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने मुलुकका बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा मौसम सफा रहने छ ।
त्यसैगरी, आज राति गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ ।
शनिबार बिहान तराई तथा काठमाडौँ उपत्यकाका धेरै स्थानमा हुस्सु लाग्ने सम्भावना रहेको जनाउँदै विभागले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई उडानमा असर पर्नसक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।

कास्कीमा पहिरोमा पुरिएर एकको मृत्यु, एक घाइते

व्यास नगरपालिकामा ठेक्कामार्फत १५ योजना सम्पन्न

सिरहामा एक वर्षमा लागुऔषधका एक सय नौ मुद्दा

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका पाटे बाघहरु नामकरण गरिए

एनआइएमबी बैंकबिरुद्धको एनभिएको आन्दोलनमा सम्पुर्ण इन्जिनियरिङ्ग संघसंस्थाहरुको…

मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज पुर्पक्षका लागि जेल चलान

सिरहामा ८० वर्षीय वृद्धको हत्या

प्रतिक्रिया