एलिट कपका लागि आरिफको कप्तानीमा पुलिसको टोली घोषणा
आइतबारबाट सुरु हुने जय ट्रफी मेन्स एलिट कपका लागि विभागीय टिम नेपाल पुलिस क्लबको टोली घोषणा भएको छ । शुक्रबार आरिफ शेखको कप्तानीमा पुलिसको टोली घोषणा भएको हो ।
पुलिसले घोषणा गरेको टोलीमा आरिफ शेख (कप्तान), कुशल भुर्तेल, गुल्सन झा, करण केसी, ललित राजवंशी, अमित श्रेष्ठ, दिलीप नाथ, श्रवण यादव, सुनिल दौलिया, सागर ढकाल, शंकर राना, अभिनाश कर्ण, रासिद खान, अर्जुन साउद र दीपक सरेला रहेका छन् ।
गत वर्ष भएको प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा शीर्ष चारमा रहेका टिमहरू सहभागी हुने जय ट्रफी मेन्स एलिट कप क्रिकेट पुस २१ गतेदेखि हुँदै छ । पुस २१ देखि माघ ३ गतेसम्म जनकपुर र वीरगन्जमा हुने प्रतियोगितामा नेपाल पुलिस, त्रिभुवन आर्मी क्लब, बागमती र मधेश प्रदेश सहभागी हुनेछन् ।
सिंगल राउन्ड रोबिनका ६ खेलपछि शीर्ष दुई टोलीबिच फाइनल खेल हुनेछ । लिग चरणका खेल दुई दिवसीय हुनेछन् भने फाइनल खेल तीन दिवसीय हुनेछ ।

काठमाडौं गोर्खाजको मुख्य प्रशिक्षकमा मोन्टी देसाइ नियुक्त
नेपाल स्ट्रिट प्रिमियर लिग टी–१० क्रिकेट काठमाडौँमा हुँदै

एसीसी यू १६ इस्ट जोन कप : मलेसियालाई हराउँदै नेपाल फाइनलमा

आइपीएल : १४ वर्षीय वैभव सूर्यवंशीले थप खेल्न पाएको भए बनाउँथे धेरै रेकर्ड
_FOV0S3pBWT_8sp0hdgnhkn4j5wvepz7bdeb8wnzm37mrf1vzn9g3h8mvf7taxc7ocddxmoo_LLEX9Vreec_id575usoietdrtsruay6baycrj6dzxyuzhcve6ejcwcxa7m0x2e1khahdrjg.jpeg)
कति बन्यो कीर्तिपुर क्रिकेट रंगशाला ? तस्बिरमा हेर्नुहोस्

आइपीएल पुनः आजबाट

यी हुन सबैभन्दा लामो दुरीमा छक्का प्रहार गर्ने १० खेलाडी

प्रतिक्रिया