उपाधिका लागि नेयमार र मेस्सीको भिडन्त
काठमाडौँ : कोपा अमेरिका फुटबलको उपाधिका लागि ब्राजिल र अर्जेन्टिना खेल्ने भएका छन् । बुधबार बिहान कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै अर्जेन्टिना फाइनल पुगेपछि ब्राजिलसँगको उपाधि भिडन्त पक्का भएको हो । ब्राजिल पेरुलाई हराउँदै फाइनल पुगेको टिम हो ।
धेरैकाे कोपा अमेरिका फाइनलमा ब्राजिल र अर्जेन्टिना भिड्ने अनुमान थियो । र, अन्त्यमा यो अनुमान सही साबित भएको छ र कोपा अमेरिका फुटबलको रौनकता पनि थपिएको छ । किनकी ब्राजिलका सुपरस्टार नेयमार र अर्जेन्टिनाका सुपरस्टार मेस्सीबीच रोचक प्रतिष्पर्धा हुनेछ ।
दुबै जना वर्तमान फुटबल जगतकै उत्कृष्ट खेलाडी हुन् । विगतमा बार्सिलोनामा संँगै खेल्ने यी दुई खेलाडी अहिले फरक–फरक क्लबबाट खेल्छन् । आफ्नो टिमलाई जिताउन उनीहरु कीर्तिमानी गोल गर्दै आएका छन् ।
नेयमार अहिले पीएसजीमा छन् । मेस्सी बार्सिलोनामा भएपनि सम्झौताविहिन छन् । मेस्सी र नेयमार हुँदा बार्सिलोनाले च्याम्पियन्स लिग लगायत ठूला उपाधि जितेको थियो । तर नेयमारले बार्सिलोना छाडेपछि मेस्सीको टिम ठूला उपाधिबाट बञ्चित छ ।
मेस्सीको खास उपाधि भोक अर्जेन्टिनामा छ । उनले क्लबका लागि सबैथोक जितेपनि अर्जेन्टिनाका लागि अहिलेसम्म कुनै पनि ठूलो अन्तराष्ट्रिय प्रतियोगिता जित्न सकेका छैनन । उनी यसअघि दुई पटक कोपा अमेरिका फुटबलको फाइनल पुगेपनि पराजित भएका थिए ।
सन् २०१४ को विश्वकपमा मेस्सीले अर्जेन्टिनालाई फाइनल पुर्याएका थिए । फाइनलमा सर्वोत्कृष्ट खेलाडीको अवार्ड पाएर उनी उपाधि चुम्नबाट बञ्चित रहे । कोपा अमेरिका, विश्वकपको फाइनल पुगेपनि पराजित हुने अभागी खेलाडी मानिएका मेस्सीलाई यतिबेला त्यो गलत साबित गर्ने अवसर छ ।
राष्ट्रिय टिममा उपाधिविहीन मेस्सीलाई त्यो भोक मेटाउने अवसर पनि छ । तर यो फाइनल मेस्सीका लागि फलामका चिउरा चपाउनु सरह हुनेछ । युवा र क्षमतावान खेलाडीले भरिएको नेयमारको टिम दक्षिण अमेरिका मात्र नभई विश्वकै शक्तिशाली फुटबल टिममध्ये एक हाे ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया