स्त्री:२ बाट हौसिएका निर्माताले गरे एकैपटक ८ फिल्म बनाउने घोषणा, कहिले-कहिले हुँदैछ रिलिज ?

मुम्बई- निर्माता दिनेश विजनको म्याक डक फिल्मसले एकै पटक धेरै फिल्म बनाउने घोषणा गरेको छ ।
स्त्री:२ लगायत फिल्मले ब्लकबस्टर सफलता पाएपछि हौसिएको सो फिल्म कम्पनीले हरर कमेडी दुनियाँमा थप चलचित्र बनाउने घोषणा गरेको हो । यसअघि सो कम्पनिले स्त्री:२ लगायत ४ चलचित्रहरू रिलिज गरिसकेको छ।
यसअघिका ४ फिल्मले बक्स अफिसमा पाएको प्रतिक्रियाले म्याडक फिल्म्सको सपना ठूलो बनाएको जनाइएको छ । त्यसैले सो फिल्म स्टुडियोले हरर कमेडी ब्रह्माण्डमा एकअर्कासँग जोडिएका थप ८ वटा फिल्म बनाउने एकैपटक घोषणा गरेको छ । द ब्रह्माण्ड: २०२८ मा एभेन्जर्स चलचित्रहरूको लाइनमा अन्तिम दुई चलचित्रहरूका साथ समाप्त हुनेछन्।
घोषणा गरिएका ८ नयाँ चलचित्रहरू मध्ये स्टुडियोले यस वर्षको दीपावलीमा आयुष्मान खुराना र रश्मिका मन्डन्नाको फिल्म ‘थमा’ रिलिज हुने पहिलो फिल्म हो । त्यसैगरी, सन २०२६ मा भेडिया:२ र सन २०२७ मा स्त्री:३ ल्याउने घोषणा गरेको छ र मुन्ज्या सिक्वेल पनि २०२७ मा रिलिजको लागि तय गरिएको छ।
म्याडक फिल्म्सद्वारा आउने ८ नयाँ फिल्म
थाम: दिपावली २०२५
शक्ति शालिनी: ३१ डिसेम्बर २०२५
भेडिया २: १४ अगस्त १४,२०२६
चामुण्डा: डिसेम्बर २, २०२७
स्त्री ३: १३ अगस्त २०२७
महामुन्ज्या: २४ डिसेम्बर २०२७
पहला महायुद्द: ११ अगस्त २०२८
दुसरा महायुद्द: १८ अक्टोबर २०२८

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया