किसानलाई हाते ट्र्याक्टर वितरण

डोटी : कृषि क्षेत्रमा काम गर्ने किसानलाई काम गर्न सहज होस् भन्ने उद्देश्यले एक गैरसरकारी संस्थाले यहाँको पूर्वीचौकी गाउँपालिकामा हाते ट्र्याक्टर वितरण गरेको छ । मानवीय सेवामा अनेकौँ प्रयास नामक गैरसरकारी संस्था साइन नेपालले यहाँका तीनवटा कृषक समूहलाई निःशुल्करूपमा हाते ट्र्याक्टर वितरण गरेको हो ।
कोषाध्यक्ष मेखराज भट्टका अनुसार पूर्वीचौकी–३ गैरागाउँमा रहेको इन्द्रेणी कृषक समूह, मालीका कृषक समूह र वडा नं ४ काडामाडौँमा रहेको भगवती कृषक समूहलाई तीनवटा हाते ट्र्याक्टर वितरण गरिएको हो । हाते ट्र्याक्टर पाएपछि खेती किसानीको काम गर्न अब गोरु र मान्छेको दुःख अन्त्य भएको इन्द्रेणी कृषक समूहका किसान भरत कठायतले बताए ।
जिल्लामा पछिल्लो सयम किसान कृषि कार्य गर्नका लागि आधुनिक औजारप्रति आकर्षित बन्दै गएका छन् । भिरालो तथा साँघुरो जमीनमा पनि काम गर्न सकिने भएकाले किसान अहिले हाते ट्र्याक्टरसहितका कृषि औजारप्रति आकर्षित बन्दै गएको बताइएको छ । रासस

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वम…

बजेट अभावले पुल निर्माणको काम प्रभावित

बाजुरा आगलागीः ३५ पसलमा आठ करोड बढीको क्षति

बाम्का बजार आगलागी घटना : पीडितलाई राहत उपलब्ध गराउन सरकारसँग माग

डेरी सञ्चालन गरी समुदायको धारणा बदल्न सफल ललित
सुदूरपश्चिममा कोभिड परीक्षण गर्ने किट अभाव

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

प्रतिक्रिया