जसले ९२ वर्षअघि बलिउडको पहिलो किसिङ सिन दिएकी थिइन्

मुम्बई- बलिउडका फिल्ममा चुम्बन दृश्य हेर्नु अहिले सामान्य कुरा भइसकेको छ ।
ओटीटीमा त क्रिएटिभिटीलाई दिइने विश्रामको नाममा सिजलिंग दृश्यहरू पनि प्रशस्त मात्रामा प्रस्तुत भइरहेका छन् । तर एक समय थियो, जब सेन्सर बोर्डले यस्ता सिनमा भारी मात्रामा कैची चलाउँथ्यो । त्यसबेला फिल्ममा देखाइने दृश्यले कुनै पनि व्यक्ति वा समाजमा कस्तो प्रभाव पार्न सक्छ भन्ने कुरामा विशेष ध्यान दिइन्थ्यो ।
त्यो समय थियो, जब नायक नायिका एकअर्काको धेरै नजिक पनि जाँदैनथे, चुम्बनको त कुरा नगरम । तर सोही अवधिमा एउटी अभिनेत्री निस्किइन्, जसले यस्ता सबै नियम–कानूनलाई पन्छाएर लामो किसिङ सिन दिएकी थिइन् । त्यो पनि आज भन्दा करिब ९२ वर्ष अगाडि नै ।
यसरी ठूलो पर्दामा पहिलो लिप किस सिन दिने अभिनेत्री हुन्- देविका रानी । जसलाई कालो र श्वेत युगको पहिलो लेडी सुपरस्टार मानिन्थ्यो । देविका रानीले फिल्म ‘कर्मा’मा यो किसिङ सिन दिएकी थिइन् । फिल्म ‘कर्मा’ सन् १९३३ मा रिलिज भएको थियो, जसमा देविका रानीको अपोजिटमा हिमांशु रोय थिए ।
भनिन्छ हिमांशु रोय त्यतिबेला देविका रानीको प्रेममा पागल थिए । उनलाई देख्ने बित्तिकै हिमांशु रोयले फिल्म अफर गरेका थिए । हिन्दी फिल्मको पहिलो किसिङ दृश्य उनीमाथि देविका रानीसँग खिचिएको थियो, जुन करिब चार मिनेटसम्म चलेको थियो । हिमांशु रोयको पागलपन यहीँ रोकिएन । पर्दामा उनीहरूको केमेस्ट्री निकै रुचाइएको थियो ।
पछि हिमांशु रोयले पनि देविका रानीसँग विवाह पनि गरे । तर, यो दृश्यपछि देविका रानीको निकै आलोचना भएको थियो । त्यो जमानाको संवेदनशीलता बुझेर फिल्म पनि प्रतिबन्धित लागेको थियो ।

अभय दुवाडीको स्वरमा `माछा खोलीमा´ सार्वजनिक

रङ्गकर्मी मणि कुलुङको नाटक ‘हराएको कुकुर’ शनिबारदेखि मण्डला थियटरमा

असार

अछाम-बाजुरा निर्वाचन क्षेत्रको पहिलो सांसद बूढथापाको स्मृतिग्रन्थ लोकार्पण

गायिका एलिना र समीक्षाले भेटे गृहमन्त्री, भेटपछि यसो भन्छिन् एलिना

गायिका एलिना चौहान साइबर ब्यूरोमा, भन्छिन्ः चरित्रहत्या गर्ने अधिकार कसैलाई छैन

विश्वको एउटा फिल्म, जस माथी लागेकाे थियाे १०० देशमा प्रतिबन्ध

प्रतिक्रिया